PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

बालुवाटार र खुमलटारको दूरी घटाउन शीतल निवासको चासो, राष्ट्रपतिसँग बामदेवले भने, ‘एकता जोगाउँछौँ’



बालुवाटार र खुमलटारको दूरी घटाउन शीतल निवासको चासो, राष्ट्रपतिसँग बामदेवले भने, ‘एकता जोगाउँछौँ’

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवादबारे चासो राखेकी छिन्। भण्डारीले मंगलबार साँझ नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई  शीतल निवासमा डाकेर विवादबारे जानकारी लिएकी हुन्।

बामदेव गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीका अनुसार राष्ट्रपतिले पार्टी विभाजनको खतरा बढेको भन्दै एकता जोगाउन आग्रह गरेकी थिइन्। 

छलफलमा गौतमले एकता जोगाउन प्रयास गर्ने बताएका थिए।

‘हामी पार्टी एकता विधि पद्धतिका कुरामा लागेका छौँ। पार्टी विभाजित हुँदैन। हामी पार्टी एकता कायम गर्छौं। त्यसका लागि म अलिक बढी लागेको छु र लाग्छु’ वामदेवको भनाइ उदृत गर्दै सुवेदीले भने।

राष्ट्रपति भण्डारी र गौतमबीच साढे ५ बजेपछि करिब आधा घण्टा छलफल भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell