PahiloPost

Jan 22, 2026 | ९ माघ २०८२

लागुऔषधसहित १४ वर्षीय किशोर प्रहरीको नियन्त्रणमा



सुमित मिश्र

लागुऔषधसहित १४ वर्षीय किशोर प्रहरीको नियन्त्रणमा

जनकपुरधाम : महोत्तरीमा लागुऔषधसहित एक जना १४ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको सम्सी गाउँपालिका वडा नम्बर ६ स्थित सीमावर्ती क्षेत्र सम्सी बजारमा भारतबाट नेपालतर्फ आउँदै गरेका किशोरलाई चेक गर्दा उनको साथमा लागुऔषध भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

पक्राउ पर्नेमा महोत्तरीकै गौशाला नगरपालिका वडा नम्बर १ का १४ वर्षीय बजरंगी मण्डल रहेको प्रवक्ता विष्टले जानकारी दिए। प्रहरी चौकी सम्सीबाट गस्तीमा खटेको प्रहरी टोलीले उनको साथबाट लागुऔषध नाईट्रोभेट ट्याब्लेट-१० लेखिएको २ पत्तामा ३० पिस, स्पास्मो प्रोक्सोभोन प्लस २ पत्तामा १६ पिस र कोरेक्स १०० एमएलको ४ बोतल भटिएको प्रवक्ता विष्टले जानकारी दिए।

हाल मण्डललाई जिल्ला अदालत महोत्तरीबाट लागुऔषध मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान थालिएको विष्टले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell