PahiloPost

May 15, 2025 | २ जेठ २०८२

प्रदेश २ कोरोना अपडेट : थपिए ३७ संक्रमित, ६२ जना डिस्चार्ज



सुमित मिश्र

प्रदेश २ कोरोना अपडेट : थपिए ३७ संक्रमित, ६२ जना डिस्चार्ज

जनकपुरधाम : प्रदेश २ मा शनिवार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज, गौर अस्पताल रौतहट र गजेन्द्र नारायणसिंह सगरमाथा अस्पताल राजबिराजमा गरिएको परीक्षणमा १४ महिला र २३ पुरुष गरी ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का बरिष्ठ चिकित्सक डा कमलेश प्रशाद यादवले जानकारी दिए।

शनिवार प्रदेशको बारा जिल्लामा सबैभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। बारामा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै, धनुषा, सिरहा र पर्सामा ४/४ जना, सर्लाहीमा ३ जना, महोत्तरी र रौतहटमा १/१ जना र अन्य प्रदेशका १ जनामा कोरोना संक्रमण पुष्टि भएको चिकित्सक यादवले जानकारी दिए।

त्यस्तै, शनिवार प्रदेशमा १५ जना महिला र ४७ जना पुरुष गरी कुल ६२ जना कोभिड १९ संक्रमणबाट निको भएर घर फर्केका हुन्। योसँगै प्रदेशमा कोरोनाबाट निको हुनेको संख्या १४ हजार ७ सय २० पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell