PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

डेढ लाख रुपैयाँसहित ८ जना जुवाडे धनुषा प्रहरीको फन्दामा



सुमित मिश्र

डेढ लाख रुपैयाँसहित ८ जना जुवाडे धनुषा प्रहरीको फन्दामा

जनकपुरधाम : जनकपुरस्थित एक होटलमा जुवा खेलिरहेको अवस्थामा होटल सञ्चालकसहित ८ जनालाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ। जनकपुरस्थित  राजदेवी मन्दिरको पछाडि रहेको डिके होटलमा जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले होटल सञ्चालक दिलीप मण्डलसहित ८ जनालाई पक्राउ गरेको धनुषा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय धनुषबाट गोप्य सूचनाको आधारमा खटेको प्रहरी टोलीले उनीहरुको साथबाट ३ बुक तास र १ लाख ६३ हजार ६ सय ६० रुपैयाँ नगद बरामद गरेको प्रवक्ता मिश्रले जानकारी दिए।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का ४० वर्षीय गणेश साह, ३४ वर्षीय बेचन साह, वडा नम्बर १ का ३५ वर्षीय संजिप ठाकुर, वडा नम्बर २ का ४६ वर्षीय विनय साह, वडा नम्बर ५ का ३७ वर्षीय कैलाश प्रसाद गुप्ता, ४३ वर्षीय दिलीप मण्डल (होटल सञ्चालक), ४५ वर्षीय वद्री साह र २४ वर्षीय शिवु मण्डल रहेको मिश्रले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell