
जनकपुरधाम : प्रदेश २ मा आइतवार थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज, गौर अस्पताल रौतहट र गजेन्द्र नारायणसिंह सगरमाथा अस्पताल राजबिराजमा गरिएको परीक्षणमा ७ महिला र ३५ पुरुष गरी ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का बरिष्ठ चिकित्सक डा कमलेश प्रसाद यादवले जानकारी दिए।
आइतवार प्रदेशका धनुषा जिल्लामा सबैभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। धनुषामा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै, बारा, पर्सामा ५/५ जना, सिरहा, सर्लाहीमा ३/३ जना, सप्तरीमा २ जना, महोत्तरीमा १ जना र अन्य प्रदेशका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको चिकित्सक यादवले जानकारी दिए।
यस्तै, आइतवार प्रदेशमा २५ जना महिला र ६५ जना पुरुष गरी कुल ९० जना कोभिड १९ संक्रमणबाट निको भएर घर फर्केका हुन्। योसँगै प्रदेशमा कोरोनाबाट निको हुनेको संख्या १४ हजार ८ सय १० पुगेको छ।