PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

प्रदेश २ कोरोना अपडेट : मंगलवार थपिए ४९ संक्रमित, ४० जना डिस्चार्ज



सुमित मिश्र

प्रदेश २ कोरोना अपडेट : मंगलवार थपिए ४९ संक्रमित, ४० जना डिस्चार्ज

जनकपुरधाम : प्रदेश २ मा मंगलवार थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र बर्दिबास कोभिड १९ प्रयोगशाला, महोत्तरीमा गरिएको परीक्षणमा १६ महिला र ३३ पुरुष गरी ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का बरिष्ठ चिकित्सक डा कमलेश प्रशाद यादवले जानकारी दिए।

मंगलवार प्रदेशको बारा जिल्लामा सबैभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। बारामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै, धनुषामा ११ जना, महोत्तरीमा १० जना, सर्लाहीमा ७ जना, सिरहामा २ जना, सप्तरीमा १ जना र अन्य प्रदेशका २ जनामा कोरोना संक्रमण पुष्टि भएको यादवले जानकारी दिए।

यस्तै, मंगलवार प्रदेशमा १५ जना महिला र २५ जना पुरुष गरी कुल ४० जना कोभिड-१९ संक्रमणबाट निको भएर घर फर्केका छन्। योसँगै प्रदेशमा कोरोनाबाट निको हुनेको संख्या १४ हजार ९ सय ४८ पुगेको छ।

यस्तै प्रदेशमा हालसम्म कोभिड-१९ संक्रमणबाट १ सय ८१ जनाको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell