PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

जानकी मेडिकल कलेज शिक्षण अस्पतालका अनशनरत दुई चिकित्सक आइसीयूमा भर्ना



सुमित मिश्र

जानकी मेडिकल कलेज शिक्षण अस्पतालका अनशनरत दुई चिकित्सक आइसीयूमा भर्ना

जनकपुरधाम : धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा विगत १२ दिनदेखि आमरण अनशनमा बसेका दुई कर्मचारीको स्वास्थ्य अवस्था बिग्रेपछि आइसीयूमा भर्ना गरिएको छ।

कलेज परिसरमै कात्तिक १६ गते आइतवारदेखि अनशनमा बसेका कर्मचारीद्वय जानकी शरण यादव र कुलदीप साहको स्वास्थ्य अवस्था बिग्रेपछि प्रहरीले बुधवार प्रादेशिक अस्पताल जनकपुरको आइसीयूमा भर्ना गराएका थिए।

कलेज व्यवस्थापनले कर्मचारीसँग विगतमा गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै अस्पतालका दुई जना कर्मचारी कात्तिक १६ गतेदेखि आमरन अनशनमा बसेका थिए।

कलेज प्रशासनले विगतमा गरेका सम्झौताहरु कार्यान्वयन नगरेको भन्दै कर्मचारीहरुले आकस्मिक बाहेकका सबै सेवाहरु गत असोज १२ गतेदेखि नै ठप्प गरेका छन्। उनीहरुले कलेजले आफूहरुको विगत ६ वर्षदेखिको सञ्चय कोष, पाँच वर्षको दशैँ खर्च र नियमित तलब भत्ता दिनुपर्नेलगायतका मागहरु राख्दै विगत एक महिनादेखि धर्ना समेत दिएका थिए।

विगतमा पटक-पटक गरेका सहमतिहरु अस्पताल पक्षले कार्यान्वयन नगरी उल्टै प्रहरी प्रशासन लगाएर आफूहरुलाई धम्काउने गरेकाले बाध्य भएर आन्दोलनमा उत्रनु परेकोे कर्मचारी हकहित संरक्षण संघर्ष समितिका संयोजक उमेश यादवले बताए। दशैँ अवधिभरिमा कलेज व्यवस्थापकले आन्दोलनलाई दबाउनका लागि आन्दोलनरत कर्मचारीमध्ये कुलदिप साह, जयकुमार यादव, राजनारायण यादव र अञ्जु पटेल लगायतका कर्मचारीलाई समेत कारबाही स्वरुप निलम्बन गरेको संयोजक यादवले बताए।

यसअघि भदौ १५ गते उनीहरुले कलेजको शैक्षिक प्रशासनमा तालाबन्दी समेत गरेका थिए। भदौ २६ गते मेडिकल प्रशासनका वरिष्ठ अधिकृत दयानन्द झाले कर्मचारीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपछि ३१ गते दुवै पक्षबीच छलफल भई ३ बुँदे सहमति भएको थियो। सहमति अनुसार असोज १ गतेदेखि कलेजको ताला खोली सेवा सञ्चालन गर्ने, असोज ४ गते हरहिसाब गर्ने र असोज ३० भित्र कर्मचारीको सबै समस्या समाधान गर्ने गरी कलेज प्रशासन र कर्मचारीले सहमति पत्रमा हस्ताक्षर गरेका थिए।

तर, सहमति अनुसार कार्यान्वयन गर्नुपर्नेमा कलेज प्रशासनले हरहिसाब नै नगरी उल्टै असोज ११ गते संघर्ष समितिका संयोजक यादवलाई पूर्वाग्रही तरिकाले स्पष्टीकरण सोधेपछि १२ गतेदेखि जानकी मेडिकल कलेज शिक्षण अस्पताल रमदैयाका १ सय १५ जना कर्मचारी आकस्मिक बाहेकका सबै सेवा बन्द गरी निरन्तर धर्नामा बस्दै आएका थिए।

अस्पताल सुधार तथा श्रम शोषणविरुद्धको माग राखी जानकी मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीहरु अनशनमा बसेपनि सम्बन्धित पक्षले बेवास्ता गरेको प्रति डा गोविन्द केसीले समेत विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell