PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

नक्कली नोट र छाप्ने मेसिनसहित तीन जना सिरहाबाट पक्राउ



सुमित मिश्र

नक्कली नोट र छाप्ने मेसिनसहित तीन जना सिरहाबाट पक्राउ

जनकपुरधाम : सिरहामा नक्कली नोट र छाप्ने मेसिनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको गोलबजार नगरपालिका-६ बाट तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गोलबजार नगरपालिका-१२ का धिरज राय, सोही ठाउँका सञ्जयकुमार राय र कल्याणपुर नगरपालिका-७ का विमलेन्द्र नायक रहेका छन्। गोलबजार नपा-६ भोटनाथ चोकस्थित वीरेन्द्र महतोको घरबाट ६ लाख ८८ हजार नक्कली नोट, एक थान प्रिन्टर, एक थान ल्यापटप, एक थान मोटरसाइकलका समानसहित तीनै जनालाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक उमाशंकर पञ्जियारले जानकारी दिए।

विशेष सूचनाका आधारमा बिहीवार दिउँसो २ बजे इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सन्तु जैसवालको नेतृत्वमा सशस्त्र प्रहरी समेतको टोली पुगेर महतोको घर घेराउ गरी खानतलासी गर्दा ती सामानहरु बरामद भएको उनले बताए। प्रहरीले नक्कली नोट छाप्ने ठूलो गिरोह हुनसक्ने भन्दै थप अनुसन्धान अगाडि बढाएको छ।

पक्राउ परेकाहरू कहिलेदेखि नक्कली नोट छाप्दै थिए भन्ने विषयमा केही खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell