बलिउड अभिनेता आसिफ बसराले आत्महत्या गरेका छन्। इन्डियन एक्सप्रेसका अनुसार ५३ वर्षीय बसराले हिमाचल प्रदेशको धर्मशालास्थित मैक्लोडगंजमा रहेको एक निजी गेस्ट हाउसमा आत्महत्या गरेका हुन्।
धर्मशालाका एसएसपी विमुक्त रनजनले बसराको मृत शरीरलाई पोस्टमोर्टमका लागि पठाइएको छ। बसराको साथबाट कुनै पनि सुसाइड नोट नभेटिएको रनजनले बताए। बसरा पछिल्लो केही समयदेखि डिप्रेसनमा रहेको बताइएको छ।
प्रहरीले उनको आत्महत्या बारे अनुसन्धान सुरु गरेको छ।
एक भिलेन, जब ह्वी मिट,हिच्की,काइपोचे लगायतका फिल्ममा अभिनय गरेका बसरा पछिल्लोपटक होस्टेज नामक वेभ सिरिजमा देखिएका थिए।
Film actor Asif Basra was found hanging in a private complex in Dharamshala. Forensic team is at the spot and police is investigating the matter: SSP Kangra Vimukt Ranjan. #HimachalPradesh (Picture credit: Asif Basra's website) pic.twitter.com/nxpWNLi8VU
— ANI (@ANI) November 12, 2020
