PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

राप्रपाबाट आएका सुनिल थापा काँग्रेस सहमहामन्त्रीमा मनोनित : ६ जना भए केन्द्रीय सदस्य, ३ जना आमन्त्रित केन्द्रीय सदस्य



राप्रपाबाट आएका सुनिल थापा काँग्रेस सहमहामन्त्रीमा मनोनित : ६ जना भए केन्द्रीय सदस्य, ३ जना आमन्त्रित केन्द्रीय सदस्य

काठमाडौं : नेपाली काँग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संस्थापक नेता सूर्यबहादुर थापाका छोरा सुनिल थापालाई सहमहामन्त्रीमा मनोनित गरेको छ। शुक्रवार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले थापालाई सह–महामन्त्री बनाउने निर्णय गरेको कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। साउन १३ गते सानेपामा सुनिल समूह राप्रपा परित्याग गरी काँग्रेसमा प्रवेश गरेको थियो।

काँग्रेसले अन्य ६ जनालाई केन्द्रीय सदस्य र ३ जनालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेको छ। राप्रपाबाट पार्टीका केन्द्रीय कार्यसमितिका १६ जना सदस्यसहित जम्मा ३१ जना नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका थिए।

'राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका सो पार्टीका केन्द्रीय नेताहरुको नेपाली कांग्रेस पार्टीमा समायोजन गर्नका लागि भएको सहमतिलाई ध्यानमा राखी, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा (४) (१०) (ङ) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा देहाय बमोजिम समायोजन गर्ने,' बैठकपछि जारी काँग्रेसको विज्ञप्तिमा भनिएको छ।

कसलाई के पद?
१. श्री सुनिलबहादुर थापा (धनकुटा) – सहमहामन्त्री
२. श्री रामप्रसाद भट्टराई (मोरङ) – केन्द्रीय सदस्य
३. श्री विष्णुविक्रम थापा (सिन्धुपाल्चोक) – केन्द्रीय सदस्य
४. श्री वावुराम बस्नेत (भोजपुर) – केन्द्रीय सदस्य
५. श्री वृजलाल यादव (बारा) – केन्द्रीय सदस्य
६. श्री किरण गिरी (काठमाडौं) – केन्द्रीय सदस्य
७. श्री टि.एन. योगी (ललितपुर) – केन्द्रीय सदस्य
८. श्री दिलिप राई (झापा) – आमन्त्रित केन्द्रीय सदस्य
९. श्री आशाराम चौधरी (कैलाली) – आमन्त्रित केन्द्रीय सदस्य
१०. श्री राजेशबहादुर सिंह (कपिलवस्तु) – आमन्त्रित केन्द्रीय सदस्य



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell