PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

ट्वीटर भारतविरोधी भएको कंगनाको आरोप, ट्वीट गर्दै प्रतिबन्ध लगाउन माग



ट्वीटर भारतविरोधी भएको कंगनाको आरोप, ट्वीट गर्दै प्रतिबन्ध लगाउन माग

बलिउड अभिनेत्री  कंगना रनोटले ट्वीटर भारत विरोधी प्लेटफर्म रहेको बताएकी छिन्। शुक्रवार ट्वीट गर्दै कंगनाले ट्वीटर हिन्दुफोबिक र एन्टीनेशनल रहेको भन्दै भारतलाई यस्तो संजाल नचाहिने बताएकी हुन्।

सरकारले ट्वीटरमाथि प्रतिबन्ध लगाउने हल्ला चलेको भन्दै कंगनाले भारतमा ट्वीटरमाथि प्रतिबन्ध लगाउने कार्यको समर्थन गर्ने जनाएकी छिन्।

ट्वीटरमा आफ्ना विरोधीहरुलाई जवाफ लिन सक्रिय रहने कंगना टिमले भारतमा ट्वीटरमाथि प्रतिबन्ध लगाउनुपर्ने बताएको हो। कंगनाको यो ट्वीटसँगै भारतमा ब्यानट्वीटर ह्यास्ट्याग ट्रेन्डिङमा रहेको छ।।

भारतको नरेन्द्र मोदी सरकारले जम्मू कश्मीरबाट लेह र लद्दाकलाई केन्द्र शासित छुट्टै प्रदेश बनाएको थियो। तर ट्वीटरले भने ती क्षेत्रलाई जम्मू कश्मीरमै देखाएको भारतीय मिडियाहरुले उल्लेख गरेको छ। त्यसपछि ट्वीटरलाई मोदी सरकारले नोटिस पठाएर स्पष्टिकरण सोधेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell