
जनकपुरधाम: जनकपुरकी एक जना महिलामाथि एसिड प्रहार भएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ जानकी नगरका सुबोध साहकी २६ वर्षीया छोरी आरती साहमाथि शनिबार बिहान करिब साढे ९ बजेतिर एक युवकले एसिड प्रहार गरेका हुन्।
एसिड प्रहारबाट घाइते आरतीलाई अहिले जनकपुरको जानकी हेल्थकेयरमा भर्ना गरिएको छ। उनको मुहार र छातीको भाग एसिडले जलेको जिल्ला प्रहरी कार्यालयका डीएसपी मकेन्द्र मिश्रले जानकारी दिए। मिश्रका अनुसार आरतीको शरीरको २० प्रतिशत भाग जलेको छ।'
प्रहरीले एसिड प्रहार गरेको आरोपमा आरतीकै पतिलाई नियन्त्रणमा लिएको छ। २७ वर्षीय सञ्जीव साहलाई जनकपुरधाम उपमहागरपालिका वड़ा नम्बर ४ संकट मोचन स्कूल नजिक डेराबाट पक्राउ गरेको डीएसपी मिश्रले बताए।
साहले आफ्नी छोरीमाथि समेत एसिड प्रहार गरेको प्रहरीले जनाएको छ।
घटनाको केही समय नबित्दै प्रहरीले सञ्जीवलाई पक्राउ गरिएको हो। ३ वर्षअघि विवाह गरेकी आरती श्रीमानसँग राम्रो सम्बन्ध नभएकै कारण माइतीघरमा बस्दै आएकी थिइन्।