PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बंगाली सिनेमाका स्टार सौमित्र चटर्जीको निधन



बंगाली सिनेमाका स्टार सौमित्र चटर्जीको निधन
Photo : BBC HINDI / NEMAI GHOSH

बंगाली सिनेमाका अभिनेता सौमित्र चटर्जीको निधन भएको छ। ८५ वर्षीय चटर्जीको कोलकाताको बेले ब्यू क्लिनिकमा निधन भएको बीबीसी हिन्दीले जनाएको छ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनलाई अक्टोबर ६ मा अस्पताल लगिएको थियो। पछिल्लो समय उनको स्वास्थ्यमा सुधार हुँदै गएको थियो। साथै उनको कोरोना रिपोर्ट नेगेटिभ समेत आइसकेको थियो। तर, केहीदिन अघि अचानक उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको चिकित्सकहरुले बताएका छन्। अक्टोबरको अन्तिम सातातिर उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उपचारकै क्रममा आइतबार उनको मृत्यु भएको हो।

सत्यजीत रेको ‘अपूर संसार’ बाट करियर सुरु गरेका चटर्जीले करिब २०० भन्दा बढी फिल्ममा अभिनय गरेका थिए। सन् २००४ मा उनलाई भारतको तेस्रो सर्वोच्च नागरिक सम्मान पद्म भूषणबाट सम्मानित गरिएको थियो। यस्तै, सन् २०१२ मा दादा साहेब फाल्के अवार्डबाट समेत उनलाई सम्मानति गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell