PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

राष्ट्रपति भण्डारी र प्रचण्डबीच दुई घण्टा छलफल



राष्ट्रपति भण्डारी र प्रचण्डबीच दुई घण्टा छलफल

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच करिब दुई घण्टा छलफल भएको छ। नेकपाभित्र विवाद चर्किरहेका बेला राष्ट्रपति र दाहालबीच मंगलबार साँझ  शीतल निवासमा छलफल भएकाे हाे।

प्रचण्ड र राष्ट्रपतिबीच भेट हुनुलाई महत्वका साथ हेरिएको छ। भेटमा  समसामयिक विषयमा छलफल भएकाे जनाइएको छ। केके विषयमा छलफल भयो भन्ने सार्वजनिक गरिएको छैन। 

प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड माधव नेपाल पक्षबीच दूरी बढ्दै जाँदा राष्ट्रपतिले चासो राख्दै आएकी छिन्। उनले केही दिनअघि प्रधानमन्त्री ओली, नेकपा उपाध्यक्ष वामदेव गौतम, गृहमन्त्री रामबहादुर थापासँग छुट्टाछुट्टै छलफल गरेकी थिइन्।

पछिल्लो सचिवालय बैठकमा प्रचण्डले ओलीमाथि संगीन आरोप लगाउँदै प्रस्ताव पेश गरेपछि नेकपामा एक खालको तरंग पैदा भएको छ। जवाफमा ओलीले पनि प्रचण्डमाथि आरोपहरु लगाएका छन्। नेताहरुबीच आरोप प्रत्यारोपबीच प्रधानमन्त्री ओली बुधवार दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठक सार्नुपर्ने पक्षमा छन्। प्रचण्ड नेपालसहितका बहुमत सचिवालय सदस्यहरु भने जसरी पनि बैठक राख्ने पक्षमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell