असोज महिना भए पनि झरी थामिएको थिएन। रातभरको पानीले राप्तीको बेग बढाएको थियो। पुल नभएकाले चितवन सौराहाको ठीक पछाडिको पिपरिया बस्तीका बासिन्दालाई यस्तोबेला भने आपत् पर्थ्यो। बस्तीबाट कतै जान डुंगाकै मात्र भर।
त्यसदिन बिहान पनि सिमसिम पानी परिरहेकै थियो। खोलाको बेग घट्ने छाँट देखिएन। आमा हरिकला गहभरी आँशु पारेर एउटै कुरा दोहोर्याउँदै थिइन्- 'आज नजान मिल्दैन।'
अँह! मिल्ने कुरै थिएन।
उमेरले ९ वर्षका थिए उनी। एकदिन आमा बजार जान तयार हुँदै थिइन्। मन थाम्न सकेनन्। आमासँगै जाने ढिपी कस्न थाले। टाढाको बाटो, छोरा हिँड्न नसक्ला भन्ने पीर थियो आमालाई। त्यसैले एकछिन त नाइँ नास्ती नै गरिन्। तर, छोराको रहरलाई टार्न पनि सकिनन्। पहिलोपटक जीवा आमाको पछिपछि लागे बजारतिर।
उनले बोक्न ठीक पारेको झोला थियो- लुगाफाटो र केही खानेकुरा। सँगै केही तस्बिर र नेपाल एयरलाइन्सको टिकट। पर्सिपल्ट सोभियत संघका लागि उड्दै थिए उनी। त्यसैले बिहानभर पानी रहोस् र नदी घटोस् भन्ने कामना गरेर बसे। आमा रुन छाडिनन्, पानी पनि थामिएन।
निकै साहस गरेर खोला तर्ने निधो गरे। साथ दिए, बुबा खेमलालले। जोखिम नमोल्दा पारी पुग्न ढिला हुन्थ्यो। ढिला हुँदा काठमाडौं जाने बस छुट्थ्यो। बस छुटे अरु कुरा पनि।
डर अनि विश्वास एकैसाथ। घर छोड्नुको दु:ख अनि 'इन्जिनियरिङ' सपना पूरा हुने खुशी, सबै लिएर निस्किए। त्यसपछि सुरु भयो उनको नयाँ यात्रा।
जब राप्ती पारीको त्यो सानो गाउँबाट बाहिरिए उनले कोरेको बाटोको खाका भने बद्लियो। केही पर पुगेपछि 'करियर'को बाटोमात्र फेरिएन, पुग्ने गन्तव्य नै मोडियो।
+++
उनी अर्थात् जीवा लामिछाने।
चितवनको सानो गाउँमा जन्मिए, जीवा। रत्ननगरको टाँडी, उनको गाउँदेखिको सबैभन्दा नजिकको बजार। त्यहाँ पुग्न पनि दश किलोमिटरको दुरी तय गर्नुपर्ने। त्यसमाथि खोला तर्नैपर्ने। अनि पैदल यात्रा। त्यसैले छोराछोरी लिएर हिँड्ने झन्झट् गर्दैनथे त्यहाँका बुबाआमा। कहिले काहीँ किनमेलका लागि पुग्दा महिनौ पुग्ने सर-सामान जुटाएर फर्किँन्थे। घरमा छोराछोरीलाई मिठाइ ल्याइदिन्थे। तर, जीवालाई मिठाइ भन्दा मीठो लाग्थ्यो बजारको फराकिलो सडक, पक्की घर, पसल, सिनेमाघर अनि गाडीहरुको बखान।
सुन्दासुन्दै उनी कल्पन थाल्थे - ती दृश्यहरु, सपनाको बजारसम्मको यात्रा।
तर, सजिलै त्यो सुविधा कहाँ पाउनु?
त्यस दिनपछि त स्कूलका साथीहरु, घरमा आमा बुबा र दाजुहरुलाई उनले पटकपटक सुनाए गाडी चढ्दाको अनुभव। सुनाउँदा सुनाउँदै गढेर बसे ती यादहरु। त्यसैले अहिलेसम्म पनि पहिलोपटक गाडी चढ्दाको त्यो अनुभव सुनाउन पाउँदा दङ्ग देखिए उनी।
उमेरले ९ वर्षका थिए उनी। एकदिन आमा बजार जान तयार हुँदै थिइन्। मन थाम्न सकेनन्। आमासँगै जाने ढिपी कस्न थाले। टाढाको बाटो, छोरा हिँड्न नसक्ला भन्ने पीर थियो आमालाई। त्यसैले एकछिन त नाइँ नास्ती नै गरिन्। तर, छोराको रहरलाई टार्न पनि सकिनन्। पहिलोपटक जीवा आमाको पछिपछि लागे बजारतिर।
खरले नछाएका रङ्गीचङ्गी घरहरु। मानिसको भिड। छिटोछिटो कुदिरहेका गाडीहरु। उनी दङ्ग परे। कल्पना गरेभन्दा फरक रहेछ टाँडी बजार।
‘लाग्यो त्योभन्दा फराकिलो ठाउँ अन्त छैन। यहाँ सबैचिज छ जुन हाम्रो गाउँमा छैनन्। यादहरु धुमिल भइसके तर ती दृश्यहरु स्मृतिमा नमेटिने गरी बसेका छन्,’ जीवाले सुनाए।
त्यो नै उनको जिन्दगीको गाउँ बाहिरको पहिलो यात्रा बन्यो।
जाँदा ‘कहिले पुगुँ र बजार देखुँ’ भन्ने हतारो थियो। फर्कदा ‘कहिले घर पुगुँ र दाजुभाइलाई बजारको बखान सुनाउँ’ भन्ने हतारो भयो। देखेको सबैकुरा सुनाउनु थियो उनलाई। ‘केही बिर्सुँला र धेरै कुरा छुट्ला’ भन्ने डर पनि।
‘म अवसरहरुलाई पच्छ्याउने खालको मानिस रहेछु। त्यसैले छात्रवृत्तीको अवसर पनि गुमाउन चाहिँन। उद्देश्य पूरा गर्न सहज त थिएन। तर लागि परेर पढें’
बजार जाने सपना पूरा भयो। फर्कँदा सँगै बोकेर आए फेरि अर्को रहर- गाडी चढ्ने। डब्बाजस्तो देखिने गाडीहरुले निकै तान्यो उनलाई। गाडीको झ्यालबाट बाहिर हेर्नेहरु देख्दा सोचेका थिए- ‘कुनै दिन म पनि गाडी चढ्छु अनि सडकमा हिँड्नेहरुलाई त्यसैगरी हेर्छु।'
कक्षा ६ मा पढ्ने भएपछि त्यो मौका पनि जुर्यो। सरस्वती पूजाका लागि बुनियाँ, हलुवा, मिठाइ बनाउने सामाग्री किन्न जाने टोलीमा परे उनी। भर्खर किशोरावस्थामा टेकेका थिए, जोश थियो। अनि गाडी चढ्न पाउनुको खुशी बेग्लै। टाँडी बजारसम्म उस्तै गरी हिँडेर गए जसरी आमासँग पहिलोपटक बजार गएका थिए। यस पटक उनीसँगै कक्षाका अन्य दुई चार जना साथीहरु सरको पछि लागेका थिए।
टाँडी बजारबाट नारायणगढ जाँदा भने हिँड्नु परेन। त्यो रुटमा सार्वजनिक बस चल्न थालिसकेको थियो। ‘देखेको र सुनेको भरमा गाडी चढ्दा यस्तो अनुभव हुन्छ भन्ने खाका तयार थियो दिमागमा। तर, महसुस गर्नु अनुमान गर्नुभन्दा फरक कुरा रहेछ भन्ने त्यही बेला बुझें,’ उनले स्मृतिमा दविएका घटनालाई उप्काए।
त्यस दिनपछि त स्कूलका साथीहरु, घरमा आमा बुबा र दाजुहरुलाई उनले पटकपटक सुनाए गाडी चढ्दाको अनुभव। सुनाउँदा सुनाउँदै गढेर बसे ती यादहरु। त्यसैले अहिलेसम्म पनि पहिलोपटक गाडी चढ्दाको त्यो अनुभव सुनाउन पाउँदा दङ्ग देखिए उनी।
हुर्कँदै जाँदा बाटो चिन्ने भए। गन्तव्य थाहा पाउन थाले। त्यसपछि त टाँडी वा नारायणगढ बजार नौलो लाग्न छोड्यो।
चितवनको सानो गाउँ छाडेर मुख्य बजार पुगे। त्यो बजार छाडेर काठमाडौं। स्कूलबाट शैक्षिक भ्रमण ल्याउँदा एक पटकमात्र देखेको काठमाडौंको हावा पानीको बानी नपर्दै विदेशी विश्वविद्यालयको कक्षा कोठामा आफैलाई कल्पन थालिसकेका थिए उनले।
कक्षा ७ सम्म गाउँकै भीमोदय निम्न माध्यमिक विद्यालयमा पढे। माध्यमिक तहको पढाइका लागि भने टाँडीकै नेपाल माध्यमिक विद्यालयमा भर्ना गरिदिए बुबाले। उनका दाइ कक्षा दशमा त्यहीँ बसेर पढ्दै थिए। उनी र भाइ गएपछि तीन जना दाजुभाइ सँगै भए। उनको सपनाको शहर, पढाइको शहर बन्यो।
जीवा पढाइमा अब्बल थिए। त्यसैले परिवार अनि विद्यालयले उनको एसएलसी नतिजा राम्रो अपेक्षा गर्नु स्वभाविक थियो। त्यस समय राम्रो अङ्क ल्याउने विद्यार्थी डाक्टर वा इन्जिनियर बन्नुपर्छ भन्ने मान्यता। तर, उनलाई भने मान्यताले होइन सपनाले डोहोर्यायो। सपना - राम्रो पढेर इन्जिनियर बन्ने अनि आफ्नो गाउँ पुग्न तर्नुपर्ने खोलामा पुल हाल्ने। आफ्नो ठाउँमा सिमेन्टड घरहरु बनाउने।
मेहनत अनि लगनशीलताले नतिजा ल्यायो। २०३९ सालमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण गरे उनले। र, इन्जिनियर बन्न काठमाडौं हानिए।
पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पढ्दापढ्दै थाहा पाए- प्रवीणता तहमा पनि उत्कृष्ट अङ्क ल्याउनेले कोलोम्बो प्लान अन्तर्गत सोभियत संघ, भारत लगायतका देशमा गएर पढ्ने अवसर पाउँछन्।
चितवनको सानो गाउँ छाडेर मुख्य बजार पुगे। त्यो बजार छाडेर काठमाडौं। स्कूलबाट शैक्षिक भ्रमण ल्याउँदा एक पटकमात्र देखेको काठमाडौंको हावा पानीको बानी नपर्दै विदेशी विश्वविद्यालयको कक्षा कोठामा आफैलाई कल्पन थालिसकेका थिए उनले।
‘म अवसरहरुलाई पच्छ्याउने खालको मानिस रहेछु। त्यसैले छात्रवृत्तीको अवसर पनि गुमाउन चाहिँन। उद्देश्य पूरा गर्न सहज त थिएन। तर लागि परेर पढें,’ उनले सुनाए।‘भिसा लागेपछि पो सतर्क भएँ। आमाबुबाको दु:ख सम्झिएँ। आफूले गरेको मिहेनत सम्झिएँ। निकै भावुक भइयो।’
२०४३ सालमा उनले ब्याच टप गरे। सोही वर्षका लागि कुनुकुन विषयमा कतिजना विद्यार्थीलाई छात्रवृत्ती दिने भन्नेबारे सूचना पनि प्रकाशित भइसकेको थियो। गोरखापत्रमा सूचना हेरे लगत्तै जीवाले शिक्षा मन्त्रालयमा छात्रवृत्तीका लागि निवेदन दिए। उनका छात्रवृत्ती दुई अर्थमा महत्वपूर्ण थियो। पहिलो उनको इन्जिनियर बन्ने सपनाले पखेटा हाल्थ्यो र दोस्रो उनको यात्राप्रतिको रुची पूरा हुन्थ्यो। त्यसैले निवेदनपछिको पर्खाइ निकै सकसपूर्ण रह्यो।
चितवनमा थिए उनी। छात्रवृत्ती पाउनेको नाम राती नौ बजेपछि रेडियोमा आउने विज्ञापन सेवामा घोषणा हुन्थ्यो। रेडियो छेउमा गएर बस्थे करिब एघार बजेसम्म। उनीसँगै बुबाआमा पनि रेडियोमा छोराको नाम सुन्ने व्यग्र प्रतीक्षामा हुन्थे।
जीवाको नाम रेडियोमा बज्यो- सोभियत युनियनले इन्जिनियरिङका लागि दिएको छात्रवृत्ती पाएकोमा बधाई सहित। घरमा खुशी छायो।
सूचना पाएको भोलिपल्टै जीवा काठमाडौं हानिए। शिक्षा मन्त्रालयमा गएर सिफारिस पत्र लिए - सम्बन्धित विद्यार्थीले सोभियत संघको छात्रवृत्ती पाएको र उसलाई पासपोर्ट दिलाउनु भन्ने।
पञ्चायतकालमा पासपोर्टका लागि सिफारिस पाउनु सहज थिएन।
पासपोर्ट हातमा। मस्को स्टेट युनिभर्सिटी अफ इन्जिनियरिङबाट कन्फर्मेसन लेटर पनि आयो। आफ्नो पढाइको कागजपत्र मिलाए। सबै काम छिटो भइरहेको थियो। सोभियत संघको दूतावास, बालुवाटारमा गएर पासपोर्टमा भिसा नलगाएसम्म उनलाई केही अनौठो लागेको थिएन।
‘भिसा लागेपछि पो सतर्क भएँ। आमाबुबाको दु:ख सम्झिएँ। आफूले गरेको मिहेनत सम्झिएँ। निकै भावुक भइयो,’ ती दिन सम्झिए उनले।
फेरि एकपटक चितवन गए, लामो समयका लागि बिदा लिन।
‘स्टुडेन्ट कन्स्ट्रक्सन’ मार्फत् सडक र भवनहरु बनाउने, रेलको पटरी बिच्छ्याउने र कल कारखानामा मजदुरीको मौका पाउँथे विद्यार्थीले। तर, उनले पैसाभन्दा पनि अनुभव संगाल्ने बाहना बनाए छुट्टीलाई।
बिदा र आशिर्वाद लिएर फर्कँदा हो राप्ती खोला बढेको। जोखिम मोलेरै डुंगा चढेको अनि जीवनको नयाँ यात्रा तय गरेको।
+++
सन् १९८६ को सेप्टेम्बरमा पहिलो पटक प्लेन चढे जीवाले। पहिलो पटक बस चढ्दाजस्तै उत्साहित थिए। सिट बेल्ट लगाउन, खाजाको पुरिया खोल्न, मसला मिलाउन अरुलाई हेर्दै सिको गरेको घटना रसिक शैलीमा सुनाए उनले।
पहिलो एक वर्ष रसियन भाषा सिक्दै बित्यो। बेसिक साइन्स कोर्स पूरा गरे। त्यसपछि मस्को स्टेट युनिभर्सिटी अफ इन्जिनियरिङमा स्नातक तहमा भर्ना भए। उनीजस्तै रसिया पुगेका करिब आठ सय नेपाली थिए। त्यसैले घर परिवारको याद आए पनि नेपालबाट पर भएजस्तो लागेन उनलाई।
मस्कोको बसाई पढाई केन्द्रितमात्र रहेन। त्यहाँ उनले पढाई सँगैसँगै यात्राको मौका पाए। कहिलेकाहीँ काम गर्न पनि पाउँथे। फरकफरक देशहरुबाट आएका विद्यार्थीको भाषा, साहित्य र संस्कृतिसँग नजिक हुने अवसर पनि जुट्यो।
वर्षमा दुई पटक लामो बिदा हुन्थ्यो। गर्मी बिदा दुई महिना अनि जाडोमा पन्ध्र दिन। विद्यार्थीले सहुलियतमा रेलको टिकट पाउँथे। हरेक महिना पाउने खर्च - नब्बे रुवलबाट बचेको पैसा बोकेर घुम्न निस्कन्थे जीवा। ‘घुम्नकै लागि घुम्न थालें। त्यसअघि सधैं उद्देश्यजन्य घुमाइ हुन्थ्यो। तर, ती बिदामा फुक्काफाल भएर डुलेँ। युरोपका शहरहरुलाई नजिकबाट नियाल्ने मौका पाएँ,’ सुरुवाती यात्राका दिन सम्झिए उनले।
कतिपटक रेल वा बसमै निदाए त कतिपटक सुपथ मूल्यका युथ होस्टलमा बास।
‘स्टुडेन्ट कन्स्ट्रक्सन’ मार्फत् सडक र भवनहरु बनाउने, रेलको पटरी बिच्छ्याउने र कल कारखानामा मजदुरीको मौका पाउँथे विद्यार्थीले। तर, उनले पैसाभन्दा पनि अनुभव संगाल्ने बाहना बनाए छुट्टीलाई।
‘सपनाभन्दा पनि सम्भावनाहरु पछि लाग्न थाल्यो। त्यसैले पढाई पूरा भयो तर पढाई अनुरुप काम थालिनँ।’
ती रोचक अनुभवहरु समेटेर चिट्ठी लेखे आमाबुबा अनि साथीहरुलाई। घुमेको ठाउँबारे जानकारी दिन्थे चिट्ठीबाट। मस्कोको हुलाक केन्द्रमा गएर फोन गर्न पाउने सुविधा त थियो तर उनको गाउँमा फोनको लाइन तानिएको थिएन।
पाँच वर्षमा सिभिल इन्जिनियरिङमा मास्टर्स तहसम्मको पढाई सके। त्यसपछि भने नेपाल फर्कने योजना बद्लियो। ‘मैले भने नि म अवसरहरुलाई पच्छ्याउने मान्छे हुँ। त्यसैले नेपाल फर्किएर इन्जिनियरका रुपमा काम गर्ने योजना थाती राखेँ,’ उनले इन्जिनियरिङको विद्यार्थीबाट व्यवसायमा हात हाल्नुको सुरुवाती कथा सुनाए।
+++
सन् १९९१ को अन्त्यमा सोभियत संघ विघटन र संघीय गणतन्त्र रुसको स्थापना भयो। लगत्तै सर्वसाधारणले निजी सम्पत्ति राख्न र व्यापार व्यवसाय गर्न पाउने भए।
रुस अन्तरिक्ष र सैन्य क्षेत्रमा अगाडि थियो। तर, भर्खर बिस्तार भएको बजारमा दैनिक उपभोग्य वस्तुहरुको उत्पादन हुँदैनथ्यो। त्यसैले जीवाले सम्भावनाहरु खोजी गरे। सुरुवाती दिनमा सिंगापुर र जर्मनी लगायत अन्य युरोपका देशबाट कपडा आयात गरे। सन् १९९४ बाट भने सोनी, प्यानासोनिक, निकन लगायत ब्रान्डका इलेक्ट्रोनिक सामानहरुको बिक्री गर्न थाले। खुद्रा पसलबाट भएको व्यापारिक सुरुवात होलसेलमा बद्लियो। त्यसपछि डिलरसीपमा।
त्यसै समय पढ्नकै लागि रुस पुगेका भाइ खेम लामिछाने र केही साथीहरुसँग मिलेर थालेको व्यवसाय फस्टाउँदै अगाडि बढाए।
‘सपनाभन्दा पनि सम्भावनाहरु पछि लाग्न थाल्यो। त्यसैले पढाई पूरा भयो तर पढाई अनुरुप काम थालिनँ,’ उनले सुनाए।
एकपटक कतै घुम्दा लेखेको फेसबुक स्टाटस देखेर पत्रकार रहेका साथीले फोन गरे उनलाई। भने- ‘दाइ त्यस्तो रोचक कुरा त कहाँ दुई चार शब्दमा सीमित राख्नु? अलिक लामो लेख लेख्नु म छपाउँछु।'
सन् २०१४ सम्म इलेक्ट्रोनिक सामानको व्यापार कायमै राखे। त्यतिन्जेल प्रविधिको विकासले टिभी, डेक, रेडियो, घडी लगायत सामाग्रीलाई विस्थापित गर्यो। त्यसपछि हो, उनले होटल व्यवसाय थालेका, जर्मनीमा। फ्र्याङ्कफटमा एउटा होटल किनेर हस्पिटालिटी क्षेत्रमा उनी छिरेका हुन्। अहिले विस्तार भएर त्यो पच्चिसभन्दा बढी भइसकेको छ।
आफ्नै व्यवसायमा लागेपछि उनको यात्राको क्रम थप बाक्लियो।
सन् २००० मा अन्य साथीहरुसँग मिलेर सानीमा ग्रुपको सुरुवात गरे। यही व्यवसायिक समूहले हाल नेपालमा बैंक, हाइड्रोपावर, इन्स्योरेन्स लगायत क्षेत्रमा सेवा बिस्तार गरेको छ।
त्यस्तै सन् २००३ मा उपेन्द्र महतोको नेतृत्वमा गैर आवसायी नेपालीहरुको संघ स्थापनापछि फरकफरक देश घुमे संस्थापक सदस्यका हैसियतले।
त्यसपछि सामाजिक सञ्जालमा यात्राका तस्बिर सेयर गर्न थाले। उनले पहिलेपहिले चिट्ठीमा लेख्ने यात्रा अनुभवहरु पनि सामाजिक सञ्जालका भित्ताहरुमा आउन थाल्यो।
‘फेसबुकले नै हो मलाई नियमित लेख्ने बनाएको। नत्र कापी कलम लिएर लेख्न बस्ने फुर्सद कहाँ हुन्थ्यो र?’, उनले व्यवसायसँगै चलेको कलमको कथा हाले।
एकपटक कतै घुम्दा लेखेको फेसबुक स्टाटस देखेर पत्रकार रहेका साथीले फोन गरे उनलाई। भने- ‘दाइ त्यस्तो रोचक कुरा त कहाँ दुई चार शब्दमा सीमित राख्नु? अलिक लामो लेख लेख्नु म छपाउँछु।'
'पेशा र रुची फरक हुन्। तर मभित्र फरक चिन्तनहरु छन्। विचार र मनोवेगहरु छन्। काममा समय बिताउँदा पठन र लेखनबारे सोच्दिँन, साहित्यमा समय बिताउँदा कामको बारेमा।'
त्यसपछि हो उनले यात्रालाई व्यवसायिक प्रयोजनमा सीमित नराखेको। अनि व्यक्तिगत अनुभवलाई साहित्यसँग जोड्न थाले। फरक यात्राका फरक अनुभूती अनि फरक संस्कृति। तिनका विविधता र विशेषताका रोचक विषयहरु समेटेर नियात्रा संग्रह निकाले ‘सरसर्ती संसार’।
त्यस संग्रहमा छुटेका र घुमेका नयाँ ठाउँका रोचक विषयमाथि फेरि नयाँ पुस्तकको तयारी थाले - ‘देश देशावर’। तयार भइसकेको यो पुस्तकमा २० वटा ठाउँका नियात्रा छन्। पुस्तक आउँदो बिहीवार सार्वजनिक हुँदैछ।
'रुची र रहरहरुका लागि समय निकाल्न गाह्रो हुँदो रहेछ तर सक्दै नसकिने भने होइन। पढ्न र लेख्न मन भए जसरी पनि समय निकाल्छु। त्यसैको परिणाम हुन् मेरा पुस्तकहरु,' उनले भने।
धेरैले उनलाई प्रश्न गर्छन् - दिमागले चल्ने व्यापार र हृदयले चल्ने साहित्यबीच कसरी सन्तुलन?
उनी जवाफ दिन्छन्, 'पेशा र रुची फरक हुन्। तर मभित्र फरक चिन्तनहरु छन्। विचार र मनोवेगहरु छन्। काममा समय बिताउँदा पठन र लेखनबारे सोच्दिँन, साहित्यमा समय बिताउँदा कामको बारेमा।'
समय र परिस्थिति बद्लियो। सँगसँगै बद्लिँदै गयो जीवाको बाटो। उनी जहाँ पुगे त्यहाँ उँचो उभिएका छन्।
'सिभिल इन्जिनियरिङ त सोभियत युनियनसँगै विघटन भयो। सोसल इन्जिनियरिङका लागि भने आफ्नै क्षेत्रबाट सकेको गर्दैछु,' उनले भने।
उनले भनेजस्तै कामबाट फुर्सद निकालेर सामाजिक क्षेत्रमा पनि जीवा भेटिन सक्छन्- नेपालकै कुनै गाउँमा। जुन गाउँ उनको बाल्यकाल बितेको पदमपुरजस्तै हुनसक्छ।