PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

धनुषामा कोरोना संक्रमणका कारण वडाध्यक्षको मृत्यु



सुमित मिश्र

धनुषामा कोरोना संक्रमणका कारण वडाध्यक्षको मृत्यु

जनकपुरधाम : धनुषामा कोरोना संक्रमणबाट एक जनप्रतिनिधिको मृत्यु भएको छ। धनुषाधाम नगरपालिका वडा नम्बर-६ का वडाध्यक्ष बन्दे बहादुर मोक्तानको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

७० वर्षीय मोक्तानको बिहीवार बिहान जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले जानकारी दिए। वडाध्यक्ष मोक्तानलाई एक हप्ता पहिले ज्वरो आएपछि पुष्पवलपुरस्थित स्वास्थ्यचौकीमा उपचार गराइएको थियो। त्यहाँ उनको स्वास्थ्य अवस्थामा सुधार नभएपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको थियो।

उनी यहाँस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका थिए। शरीरमा अक्सिजन लेभल समेत कम रहेको वडाध्यक्ष मोक्तानको गत सोमवार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो। उनी तत्कालिन एमालेबाट निर्वाचित भएका थिए।

योसँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell