PahiloPost

Jul 3, 2025 | १९ असार २०८२

निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गर्ने तीन जना प्रहरीको नियन्त्रणमा



निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गर्ने तीन जना प्रहरीको नियन्त्रणमा

काठमाडौं : निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा भक्तपुर नगरपालिका-१ बस्ने १९ वर्षीय सफिल खत्री तथा भक्तपुर-५ तौमडी बस्ने १६ वर्षीय बालक र सोही स्थान बस्ने अर्का १७ वर्षीय बालक रहेका छन्।

मंगलवार भक्तपुर-१ स्थित सडकमा हिँडिरहेकी निकिशालाई जिस्काएर लैंगिक भेदभावपूर्ण शब्दहरु प्रयोग गरेको भिडियो सामाजिक सञ्जालमा फैलिएको थियो। सो बारेमा केही अनलाइनमा समेत समाचार प्रकाशित भएको थियो।

सोही आधारमा प्रहरी निरीक्षक सुदन केसीको कमाण्डमा खटिएको अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले बिहीवार उनीहरुलाई नियन्त्रणमा लिएको हो। मंगलवार सफिल खत्रीले स्कुटर चलाएको र स्कुटर पछाडि सवार १६ वर्षीय बालकले भिडियो खिचेको र १७ वर्षीय अर्का बालकले सामाजिक सञ्जालमा उक्त भिडियो अपलोड गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

साथै पीडितसँग पनि समन्वय गरी थप अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell