PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

जनकपुरमा छठको रौनक : अस्ताउँदै गरेको सूर्यलाई दिइयो अर्घ्य

जनकपुरमा छठको रौनक : अस्ताउँदै गरेको सूर्यलाई दिइयो अर्घ्य

सुमित मिश्र/पहिलोपोस्ट


जनकपुरधाम : छठ पर्वको तेस्रो अर्थात मुख्य दिन आज अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइएको छ। जनकपुरको गंगासागरमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिई श्रद्धालुहरुले छठ पर्व मनाएका छन्।

छठ पर्व मनाउन जनकपुरधामको तलाउहरुमा बिहानैदेखि अर्घ्य लिएर श्रद्धालुहरु पुगेका थिए। आज अस्ताउँदै गरेको सूर्यलाइ अर्घ्य दिइएको छ भने भोलि बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिइने छ। कोरोना महामारीका बीच अहिले जनकपुरधामको गंगासागर, अंगराजसर, दशरथ तलाउ, गोरधोई पोखरी, नोचा पोखरी, गोसाईकुण्ड, अग्निकुण्डलगायतका पोखरीहरुमा बिहानैदेखि श्रद्धालुहरु पुगेर धुमधामका साथ छठ मनाएका छन्।

अन्य वर्ष जनकपुरधामको पोखरीहरुमा छठ हेर्न अन्य मुलुकबाट समेत पर्यटकहरु आउने गरेपनि यस वर्ष कोरोना महामारीको कारण बाहिरी पर्यटकहरु जनकपुर पुग्न सकेका छैनन्। भोलि बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत रुपमा समापन हुनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell