PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अमेरिकासहित पाँच राष्ट्रलाई चीनको चेतावनी, 'हङकङको विषयमा हस्तक्षेप गरे आँखा निकाल्दिन्छौं'



अमेरिकासहित पाँच राष्ट्रलाई चीनको चेतावनी, 'हङकङको विषयमा हस्तक्षेप गरे आँखा निकाल्दिन्छौं'

चीनले पश्चिमा मुलुकहरुलाई हङकङको विषयमा हस्तक्षेप नगर्न चेतावनी दिएको छ। चीनले अमेरिका, बेलायत, अस्ट्रेलिया,न्यूजील्यान्ड र क्यानडाप्रति लक्षित गर्दै चेतावनी दिएको हो। 

यी पाँच राष्ट्रले चीनमाथि हङकङमा आलोचकहरुलाई चुप राख्ने प्रत्यन्त गरेको तथा विरोधी सांसदहरुलाई अयोग्य ठहर गर्न कानून बनाएको आरोप लगाएका थिए। चीनको कदमले हङकङको स्वतन्त्र अस्तित्वमाथि प्रश्न उठेको यी राष्ट्रका विदेश मन्त्रीहरुले आरोप लगाएका थिए।चीनमाथि आरोप लगाउने यी पाँच राष्ट्रहरुलाई 'फाइभ आइज' समेत भन्ने गरिन्छ। यिनीहरुले गोप्य रुपमा सूचना आदान-प्रदान समत गर्ने गरेका छन्। 

पश्चिमा राष्ट्रहरुले आरोप लगाएपछि चीनले कडा प्रतिक्रिया दिएको हो।

चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले पाँच राष्ट्रलाई चेतावनी दिँदै भने, ‘उनीहरु सावधान रहनुपर्छ। पाँच देश होस् या १० देश  उनीहरुको आँखा निकाल्दिन्छौं।’

झाओले चिनियाँहरुले कसैलाई दु:ख नदिने भन्दै आफूहरु कोहीसँग नडराउने बताएका छन्।

गत हप्ता चीनले राष्ट्रिय सुरक्षाको खतरा उत्पन्न सांसदहरुलाई बर्खास्त गर्न सक्ने कानुन ल्याएको थियो। चीनले हङकङलाई आफ्नो अभिन्न क्षेत्र मान्दै आएको छ। गत वर्षदेखि हङकङमा चीनविरुद्ध विरोध प्रदर्शन हुँदै आएको छ। उक्त प्रदर्शनका क्रममा आन्दोलनकारीहरुले बेलायत र अमेरिकालाई हङकङका विषयमा हस्तक्षेप गर्न आह्वान गर्दै आएका थिए।

चीनले भने हङकङ आफ्नो भूमि रहेको भन्दै विदेशी हस्तक्षेप स्वीकार नगर्ने चेतावनी दिँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell