PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

काबुलमा रकेट आक्रमण, ८ जनाको मृत्यु



काबुलमा रकेट आक्रमण, ८ जनाको मृत्यु
Photo : AP/Rahmat Gul

अफगानिस्तानको राजधानी काबुलको आवासीय क्षेत्रमा रकेट आक्रमण भएको छ। उक्त आक्रमणमा ८ जनाको मृत्यु भएको र ३० जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन्।

अफगानिस्तानको आन्तिरक मन्त्रालयका अनुसार पिकअप ट्रकबाट आवासीय क्षेत्रमा १२ वटाभन्दा बढी रकेट आक्रमण गरिएका थिए। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र तालिवानी वार्ता टोलीबीच छलफल हुनु केही घण्टा बांकी रहँदा उक्त आक्रमण भएको हो।

आक्रमणका कारण धेरै घर र सवारी साधनहरुमा क्षति पुगेको छ। काबुलमा रहेको इरानको दूतावासको पर्खालमा समेत रकेटको असर परेको थियो।

डोलान्ड ट्रम्प प्रशासनले मध्य जनवरीभित्र अफगानिस्तानबाट २ हजार अमेरिकी सैनिकलाई स्वदेश फिर्ता बोलाउने निर्णय गरिसकेको छ। तर अमेरिकाको उक्त निर्णयबाट अफगानी सरकार कमजोर हुने र तालिबान र अन्य लडाकू समूहसँग वार्ता गर्न गाह्रो हुने भन्दै आलोचना भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell