PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

राजा महेन्द्रमाथि बम प्रहार गरिएकै ठाउँमा गुन्जियो ‘राजा आउ, देश बचाउ’को नारा



सुमित मिश्र

राजा महेन्द्रमाथि बम प्रहार गरिएकै ठाउँमा गुन्जियो ‘राजा आउ, देश बचाउ’को नारा

जनकपुरधाम: तत्कालीन राजा महेन्द्रमाथि बम प्रहार गरिएको स्थान जनकपुरमा बुधबार ‘राजा आउ, देश बचाउ’को नारा गुन्जिएको छ। राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाका लागि विसं २०१८ माघ ९ गते तत्कालीन राजा महेन्द्र शाहमाथि बम प्रहार गरिएको ठाउँ जनकपुरमा राजतन्त्र फर्काउनु पर्ने माग गर्दै र्‍याली निकालिएको हो।

नेपाल राष्ट्रवादी समूहले राजतन्त्र फर्काउनु पर्ने माग गर्दै जनकपुरधाममा र्‍याली निकालेको हो। र्‍यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो। नेपालको राष्ट्रिय झण्डा बोकेर र्‍याली सहभागी भएकाहरुले पूर्व राजाको पक्षमा नारा लगाएका थिए।

र्‍यालीमा सहभागीहरुले ‘राजा आउ, देश बचाउ’, नेपाललाई पुनः हिन्दु राष्ट्र कायम गर, २०४७ सालको संविधान पुनर्वहाली गर, राजतन्त्र पुनर्वहाली गर, भ्रष्टाचार अन्त्य गर, हत्या हिंसा बलात्कार जस्ता घटना नियन्त्रण गर लगायतका नाराहरु लगाएका थिए।

जनकपुरको रेल्वे स्टेशनबाट निस्केको र्‍याली भानुचोक, कदमचोक, विद्यापति चोक, विश्वकर्मा चोक, तपसी चोक, जिरोमाइल, भ्रमरपुरा चोक, बजरंग चोक, रामानन्द चोक, पिडारी चोक, थापाचोक, मुख्यमन्त्री कार्यालय अगाडि, मिल्स एरिया, भानुचोक, शिवचोक हुँदै जनकचोकमा आई कोणसभामा परिणत भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell