PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

जनकपुरधाम टी-२० टुर्नामेन्ट : धमौरा क्रिकेट क्लब र सिरहा क्रिकेट एकेडमी विजयी



सुमित मिश्र

जनकपुरधाम टी-२० टुर्नामेन्ट : धमौरा क्रिकेट क्लब र सिरहा क्रिकेट एकेडमी विजयी

जनकपुरधाम : जनकपुरधाम टी-२० टुर्नामेन्ट अन्तर्गत शुक्रवारको पहिलो खेलमा धमौरा क्रिकेट क्लबले राजदेवी युवा कमिटीलाई ११ रनले पराजित गरेको छ। धमौरा क्रिकेट क्लबले दिएको १ सय ३२ रनको लक्ष्य पछ्याएको राजदेवी युवा कमिटी १ सय २० रनमा समेटिएको हो।

राजदेवीका लागि गणेश यादवले २४, किसन साहले १४ र प्रशान्त अरविन्दले १२ रन बनाउनु बाहेक अन्य ब्याट्समेनले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

धमौराका लागि प्रविण यादवले ३ र इलियास अन्सारीले २ विकेट लिए।

पहिले ब्याटिङ गरेको धमौराले राजकुमार सहनीको ७३ रनको अर्धशतकीय पारीको मद्दतले निर्धारित २० ओभरमा १ सय ३१ रनको स्कोर खडा गरेको थियो। धमौराका लागि सुधीर मण्डलले १४ र विनोद सहनीले १२ रनको योगदान गरे।

राजदेवीका लागि त्रिदेव चौधरी, दीपक यादव, अमित मण्डल, प्रशान्त अरविन्दले समान १/१ विकेट लिए।

शुक्रवार नै भएको दोस्रो खेलमा सिरहा क्रिकेट एकेडमीले युनिक २.० क्रिकेट टिमलाई ३३ रनले पराजित गरेको छ।

पहिले ब्याटिङ गरेको सिरहाले नन्दन यादवको ४० र राकेश कामतिको २१ रनको योगदानले निर्धारत २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २३ रन बनाएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको युनिक मात्र ९० रनमा समेटिएको थियो।

सिरहाका लागि रुपेश सिंहले ३ र दिलीप यादवले २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell