PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नेकपा सचिवालयको बैठक बालुवाटारमा सुरु, ओलीले जवाफ दिने कार्यसूची



नेकपा सचिवालयको बैठक बालुवाटारमा सुरु, ओलीले जवाफ दिने कार्यसूची

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। शनिवार १ बजेका लागि तय बैठक बालुवाटारमा सुरु भएको प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए। 'पार्टी सचिवालय बैठक शुरू भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले लिखित जवाफ प्रस्तुत गर्ने निर्धारित कार्यसूची रहेको छ,' थापाले भने।

आजको बैठकमा कातिक २८ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्तावको अर्का अध्यक्ष केपी ओलीले जवाफ दिँदै छन्। मंसिर ३ को सचिवालय बैठकले ओलीलाई जवाफका लागि १० दिनको समय दियको थियो।

सहमति गरेर प्रचण्डले प्रस्ताव फिर्ता लिनुपर्ने अडान ओलीले राखे पनि प्रचण्ड सहमत नभएपछि नेकपाभित्रको विवाद चुलिएको छ। प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूह बैठकबाटै समस्याको समाधान गर्ने अडानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell