PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नेकपामा पत्रनीति बारे प्रवक्ता श्रेष्ठ भन्छन्, 'बहस र छलफलले पार्टीमा गति पैदा गर्छ'



नेकपामा पत्रनीति बारे प्रवक्ता श्रेष्ठ भन्छन्, 'बहस र छलफलले पार्टीमा गति पैदा गर्छ'

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा आज पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएका आरोपहरुको जवाफ लिखितरूपमा पेश गरेका छन्। ओलीको जवाफ सार्वजनिक भएसँगै दुई अध्यक्षबीच देखिएको विवादबारे विभिन्न प्रतिक्रिया आइरहेका छन्।

यसबीच दुई अध्यक्षबीचको बहसले पार्टीलाई एकताबद्ध गर्ने र गति पैदा गर्न सहयोग गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।

अध्यक्षद्वयद्वारा प्रस्तुत विचारले पार्टीमा देखिएको समस्या, त्यसको जरो, पार्टीको सङ्कट र त्यसको सारतत्वका बारेमा छलफल हुनु र पार्टीको समस्या, सङ्कट तथा समाधान र निवारणका बारेमा छलफल हुनु स्वाभाविक भएको श्रेष्ठले बताए।

‘पार्टीको अहिलेको समस्या, सङ्कट र त्यसलाई सामाधान गर्न छलफल बहस र अन्तरसङ्घर्षलाई सही दिशा दिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ’, प्रवक्ता श्रेष्ठले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell