PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

वर्तमान सरकार नै संविधान ध्वस्त पार्ने षड्यन्त्रमा लागेको छ : नेता भण्डारी



सुमित मिश्र

वर्तमान सरकार नै संविधान ध्वस्त पार्ने षड्यन्त्रमा लागेको छ : नेता भण्डारी

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा)का नेता शरद सिंह भण्डारीले वर्तमान सरकार नै संविधान ध्वस्त पार्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन्।

विद्यापति स्मृति दिवसको अवसरमा जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै नेता भण्डारीले वर्तमान सरकारमा अनुशासनहिनता अत्यधिक रहेकोले मुलुकमा अराजकता बढेको आरोप लगाएका छन्। कानुनी व्यवस्थालाई निरन्तरता दिने उद्देश्यका साथ नेपाली जनताले दुई तिहाईको बहुमत दिएर जनादेश दिएपनि भ्रष्टाचार, अनुशासन हिनता रोक्न वर्तमान सरकारले नसकेकोले वर्तमान सरकार अराजक सरकार रहेको नेता भण्डारीले आराप लगाए।

नेता भण्डारीले देशमा शक्ति विकेन्द्रिकरणका लागि नेपाली जनताले संघीयता ल्याएपनि वर्तमान सरकारको नियतमा शंका लागि रहेको उल्लेख गरे।

नेता भण्डारीले भने, ‘वर्तमान राजनीतिक प्रणाली संरक्षण गर्ने जिम्मा जुन सरकारको छ सोही सरकार राजनीतिक प्रणाली ध्वस्त पार्न उद्वत छ। वर्तमान सरकार नै संविधान ध्वस्त पार्ने षड्यन्त्रमा लागेको छ।’

एक अर्को प्रसंगमा नेता भण्डारीले प्रदेश २ सरकारले अहिलेसम्म प्रदेशको नामाकरण गर्न नसक्नु दुःखद विषय रहेको बताए। प्रदेश २ को नामाकरण भूगोलको आधारमा मात्र नभई भू संस्कृतिलाई समेत समेटेर नामाकरण गर्नु आवश्यक रहेकोले सहमतिको आधारमा चाँडै नै नामाकरण गर्न प्रदेश सरकारलाई आग्रह समेत गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell