PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

जनकपुरधाम टी-२० टुर्नामेन्ट : युथ ११ जनकपुर र फूलहटा युथ क्रिकेट टिम विजयी



सुमित मिश्र

जनकपुरधाम टी-२० टुर्नामेन्ट : युथ ११ जनकपुर र फूलहटा युथ क्रिकेट टिम विजयी

जनकपुरधाम : जनकपुरधाम टी-२० टुर्नामेन्ट अन्तर्गत शनिवार भएका दुई खेलमा युथ ११ जनकपुर र फूलहटा युथ क्रिकेट टिम विजयी भएका छन्।

शनिवार भएको पहिलो खेलमा युथ ११ जनकपुरले आरके क्रिकेट टिमलाई ५१ रनले पराजित गरेको हो। पहिले ब्याटिङ गरेको युुथ ११ ले सोनु शर्माको विस्फोटक ७३ रनको पारीको सहयोगमा १ सय ४६ रनको स्कोर खडा गरेको थियो। युथ ११ का लागि सरोज आनन्दले १८ र पप्पु मण्डलले १९ रनको योगदान गरे।

आरकेका लागि सुदीप यादवले सर्वाधिक ३ विकेट लिएका थिए।

जवाफी ब्याटिङमा उत्रिएको आरके टीम ९५ रनमा समेटिएको थियो। आरकेका लागि नरेश मण्डलले ४७ र रंजित साहले १९ रनको योगदान गर्नु बाहेक अन्य ब्याट्समेन लामो समय क्रिजमा टिक्न सकेनन्।

युथ ११ का लागि युसुफ एक्लैले सर्वाधिक ५ विकेट लिए।

शनिवार नै भएको दोस्रो खेलमा फूलहटा युथ क्रिकेटले श्रीराम आइसी टिमलाई ५ विकेटले पराजित गरेको छ। श्रीराम आइसीले दिएको १ सय १३ रनको लक्ष्य फूलहटाले मात्र ५ विकेटको क्षतिमा पुरा गरेको थियो। फूलहटाका लागि अमित महतोले ५४ रन र मुरारी ठाकुरले २७ रनको योगदान गरे।

श्रीरामको लागि प्रदीप यादवले २ विकेट लिन सफल भएका थिए।

पहिले ब्याटिङ गरेको श्रीराम निर्धारित २० ओभरमा राजेश ठाकुरको १७, अताउल हकको १६ र निरज यादवको १५ रनको योगदानले १ सय १२ रनको स्कोर खडा गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell