PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दुई अध्यक्षको पत्र दोहोरीमा वामदेव खुसी, व्यवस्थापन गर्न सिक्नुपर्ने भन्दै महासचिव पौडेललाई यस्तो पाठ



दुई अध्यक्षको पत्र दोहोरीमा वामदेव खुसी, व्यवस्थापन गर्न सिक्नुपर्ने भन्दै महासचिव पौडेललाई यस्तो पाठ
फाइल फोटो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)भित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको पत्र दोहोरीमा सचिवालय सदस्यसमेत रहेका उपाध्यक्ष वामदेव गौतमले खुसी व्यक्त गरेका छन्। शनिवारको सचिवालयमा गौतमले पार्टीबाहिर छरिएका विचारहरु पार्टीमा भित्रिएकोमा खुसी व्यक्त गरेका हुन्। ा

सचिवालय बैठकको गौतमको धारणा थियो, 'पार्टी बाहिर छरिएका हाम्रा विचारहरु आजदेखि पार्टीमा भित्रिएका छन्। चाहेमा अब हामीले समस्या समाधान गर्न सक्छौँ। किनकी, पार्टीको जीवन कमिटीका बैठकहरुमा हुन्छ र बैठकहरुको जीवन छलफलमा हुन्छ।' गौतमको सचिवालयले उनले शनिवारको सचिवालय बैठकमा व्यक्त गरेको प्रेस नोट आइतवार जारी गरेको छ।

पार्टीभित्र वैचारिक मन्थन हुन छाडेमा पार्टीको जीवन नै समाप्त हुने उल्लेख गर्दै गौतमले अब पार्टीमा पुनर्जीवन शुरु भएको दाबी गरेका छन्। उपाध्यक्ष गौतमले भनेका छन्, 'छलफल गर्न छोडेको दिनदेखि नै पार्टी जीवन समाप्त हुन्छ। बैठक वस्न छलफल गर्न शुरु गर्दा साथ पार्टीको पुनर्जीवन शुरु भइहाल्छ।'

यसरी बैठक बस्ने वातावरण बनाउन मिहिनेत गर्ने सबैलाई उनले धन्यवादसमेत दिएका छन्। 'जो–जसले मिहिनेत गर्नुभयो उहाँहरुलाई धन्यवाद छ। बैठकमा आफूलाई लागेको कुरा खुला–खुलस्त, बिनालप्पन–छप्पन, मौखिक–लिखित रुपमा विचार राख्नु हुने दुवै अध्यक्षलाई म हार्दिक धन्यवाद दिन्छु,' उनले भनेका छन्।

बैठक बस्नेसम्बन्धी पार्टीमा विधिविधान हुँदाहुँदा व्यवस्थापनमा कुशलता नदेखिएको आरोप लगाएका छन्। व्यवस्थापनमा विवेक पुर्‍याउन नसक्दा ठूलो समस्या पैदा भएको आरोप लगाउँदै उनले महासचिव विष्णु पौडेललाई यस्ता विषयमा साथ दिन नहुने पाठसमेत पढाएका छन्। 'बैठक बस्दा दुबै अध्यक्षको सहमति हुनुपर्छ भन्नुको अर्थ बैठक बस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्षले पाइन्नँ। पार्टी विधानमा आवश्यकताबमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीहरुका एकजना सदस्यले औचित्य पुष्टि हुने गरी बैठक वस्न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँग परामर्श गरी बैठक बोलाउनुपर्छ,' उनले भनेका छन्, 'यस्ता व्यवस्थापनसित सम्बन्धित विषयमा पनि विवेक पुर्‍याउन नसक्नेलाई के भन्नु? यत्ति व्यवस्था मिलाउन नसक्दा पार्टीमा यति ठूलो समस्या पैदा भयो। बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिनुहुन्न।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell