PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अफगानिस्तानमा आत्मघाती बम आक्रमण, ३४ जनाको मृत्यु



अफगानिस्तानमा आत्मघाती बम आक्रमण, ३४ जनाको मृत्यु
Photo : AP

अफगानिस्तानमा आइतबार दुई छुट्टाछुट्टै स्थानमा आत्मघाती बम आक्रमण भएको छ। उक्त आक्रमणमा परेर ३४ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।

सेनाको बेस क्याम्प र प्रान्तीय प्रमुखलाई लक्षित गर्दै आत्मघाती विस्फोट गराइएको एपीले उल्लेख गरेको छ। गान्जी प्रान्तमा रहेको क्याम्पमा आक्रमण२४ जना सैनिक घाइते भएका छन्।

यस्तै,  जबुल प्रान्तका प्रमुख अट्टजन हकबयातको सवारीलाई लक्षित गर्दै कारमा सवार आक्रमणकारीले विस्फोट गराएका थिए। उक्त विस्फोटमा तीनजनाको मृत्यु भएको र २१ जना घाइते भएका थिए।

अफगानी सरकारका प्रतिनिधि र तालिबान समूहका प्रतिनिधिबीच कतारमा छलफल भइरहँदा उक्त आक्रमण गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell