PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कुकुरसँग खेल्ने क्रममा मर्कियो बाइडेनको खुट्टा



कुकुरसँग खेल्ने क्रममा मर्कियो बाइडेनको खुट्टा

अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेन सामान्य घाइते भएका छन्। आफ्नै कुकुर मेजरसँगै खेल्ने क्रममा उनको खुट्टा मर्किएको बताइएको छ। खुट्टाका कतिपय हड्डी फ्र्याक्चर भएकोले उनलाई केही हप्ता आरामको खाँचो रहेको उनका चिकित्सकले बताएका छन्।

शनिवार भएको यो घटनाबारे आइतवार अबेरमात्र उनका चिकित्सकले जानकारी गराएका हुन्। हड्डीमा चोट पुगेपछि बाइडेन डेलवेयर स्थित अर्थोपेडिक्स सेन्टरमा पुगेको उनको समूहले जनाएको छ। नोभेम्बर ३ मा भएको अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पलाई हराउँदै बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित बनेका हुन्।

जनवरी २०, २०२१ मा उनले ह्वाइट् हाउसमा पद तथा गोपनियताको शपथ लिनेछन्। अमेरिकी राष्ट्रपतिको इतिहासमा उनी सबैभन्दा पाका उमेरका व्यक्ति हुन् - जो पहिलोपटक ७८ वर्षका व्यक्ति राष्ट्रपति बन्दैछन्। स्वास्थ्यमा भने उनी हरेक हिसाबले फिट रहेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell