PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

इण्डस्ट्रीमा सलमानलाई सधै गलत बुझियो, तर उनी असल मान्छे हुन्: सुनील शेट्टी



इण्डस्ट्रीमा सलमानलाई सधै गलत बुझियो, तर उनी असल मान्छे हुन्: सुनील शेट्टी

बलिउड अभिनेता सुनील शेट्टीले अर्का अभिनेता सलमान खानको प्रशंसा गरेका छन्।

फिल्म उद्योगमा सलमानलाई गलत बुझिने गरेको भन्दै शेट्टीले वास्तवमा उनी एक असल मान्छे भएको उल्लेख गरे।

ईटाइम्ससँग कुरा गर्दै सुनीलले भनेका छन्, 'हिन्दी फिल्म इण्डस्ट्रीमा सलमानलाई सधै गलत बुझियो। मैले त सलमान खानबाट मानिसहरुलाई सहयोग गर्नुपर्छ भन्ने प्रेरणा पाए। सलमान मानिसहरुलाई आफूले गरेको सहयोगबारे पनि कहिल्यै बाहिर भन्दैनन्।'

सुनीलले आफूले काम नपाउँदा सलमानले समन्वय गरेर काम समेत खोजिदिएको स्मरण गरेका छन्। तर सुनीललाई भने काम खोजिदिएको कुरा भन्दैनथे।

सलमान असल र सहयोगी मान्छे भएको सुनीलको भनाई छ। 'मैले सधै भन्ने गरेको छु कि हिन्दी फिल्म इंडस्ट्रीमा सलमानलाई सधै गलत बुझिँदै आइएको छ। म यो कुरा अहिले होइन १० वर्षदेखि भन्दै आएको छु। केही कमजोरी होलान तर मान्छे निकै असल छन्,' उनले भनेका छन्।

सलमान मनको सफा, स्पष्ट र दयालु मान्छे भएको उल्लेख गर्दै सुनीलले केही व्यक्तिले उनलाई अरु नै देखाउने गरेको गुनासो गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell