PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

१६ फोटोमा चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण, स्वागतदेखि बिदाईसम्म

१६ फोटोमा चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण, स्वागतदेखि बिदाईसम्म


सबै फोटो : रासस

काठमाडौं : चिनियाँ स्टेट काउन्सिलर वेइ फङ्ह नेपाल आइपुगे। एक दिने नेपालको औपचारिक भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री तथा चिनियाँ सैन्य आयोगका सदस्यसमेत रहेका वेइलाई गृहमन्त्री रामबहादुर थापाले विमानस्थलमा स्वागत गरेका थिए।

त्रिभुवन विमानस्थलबाट उनी बालुवाटारस्थित चिनियाँ दूतावास पुगे। त्यहाँ केहीसमय आराम गरेर उनी नेपाली सेनाको जंगीअड्डामा पुगे। जंगीअड्डामा चिनियाँ रक्षामन्त्रीको सम्मानमा सलामी अर्पण गरेको थियो। त्यसपछि उनले प्रधामन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरे। सोही क्रममा नेपाली सेनाको प्रधानसेनापति नेतृत्वको टोली र चिनियाँ टोलीबीच द्विपक्षीय छलफल भयो।

सोहीक्रममा नेपाली सेनासँगको सहकार्य र साझेदारीलाई थप सुदृढ तुल्याउन पाँच करोड युआन बराबरको सैन्य सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। नेपाली सेनाको क्षमता अभिवृद्धि, उसलाई आवश्यक पर्ने प्रतिरक्षा सामग्री तथा कोभिड–१९ महामारीविरुद्धको प्रतिकार्यका निम्ति उक्त रकम प्रदान गर्ने घोषणा गरेको हो।

चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेइ फङ्ह नेतृत्वको प्रतिनिधिमण्डल र प्रधानसेनापति पूर्णचन्द्र थापा नेतृत्वको प्रतिनिधिमण्डलबीच जङ्गी अड्डामा आइतबार अपराह्न भएको द्विपक्षीय वार्तामा दुवै देशका सेनाबीचको विद्यमान सौहाद्र्रपूर्ण मित्रवत् सम्बन्धलाई सुमधुर, मजबुत एवं अझ विस्तार गर्न अतिरिक्त सहयोग स्वरुप उक्त रकम बराबरको सैन्य सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त भएको रक्षा मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन्। हिजै उनी स्वदेश फर्किएका छन्।

गृहमन्त्री रामबहादुर थापा वेइ फेङ्हेलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्दै।
वेइ फेङ्हेलाई विमानस्थलमा स्वागत गर्दै गृहमन्त्री थापा।
आइतवार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बाहिरिँदै चिनियाँ रक्षामन्त्री।
चिनियाँ रक्षामन्त्री वेई फेङ्हे नेपाली सेनाको मुख्यालयमा।
चिनियाँ रक्षामन्त्री वेई फेङ्हे नेपाली सेनाको मुख्यालयमा सम्मान ग्रहण गर्दै।
सैनिक मुख्यालयमा सम्मान ग्रहण गर्दै।
सैनिक मुख्यालयमा सम्मान ग्रहण गर्दै।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनका रक्षामन्त्री वेइ फेङ्हेको प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट।
चचिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्हे र प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा आइतबार मायाको चिनो आदानप्रदान गर्दै।
विमानस्थलमा गृहमन्त्री थापाले चिनियाँ रक्षामन्त्री वेई फेङ्हेलाई विदाई गर्दै।
विमानस्थलमा गृहमन्त्री थापाले चिनियाँ रक्षामन्त्री वेई फेङ्हेलाई विदाई गर्दै।


ट्रेन्डिङ पोस्ट

Ncell