
जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय धनुषाले करिब २ लाख बराबरको भन्सार छलेर ल्याइएका अवैध सामानहरु नियन्त्रणमा लिएको छ।
मंगलवार जिल्ला प्रहरी कार्यालय धनुषाबाट गस्तीमा खटेको प्रहरी टोलीले विदेह नगरपालिका वडा नम्बर-५ बाट भन्सार छलेर अवैध रुपमा ल्याइएका सामानहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरिक्षक मकेन्द्र मिश्रले जानकारी दिए।
बरामद गरिएका बल्यांकेट र कपडाहरु अन्दाजी करिब १ लाख ९३ हजार ५ सय मुल्य बराबरको रहेको बताइएको छ। बरामद गरिएका सामानहरु जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको प्रहरीले जनाएको छ।