PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

लोकतान्त्रिक गणतन्त्र समाप्त गर्ने दिवा सपना नदेख्न उपेन्द्र यादवको चेतावनी



सुमित मिश्र

लोकतान्त्रिक गणतन्त्र समाप्त गर्ने दिवा सपना नदेख्न उपेन्द्र यादवको चेतावनी

जनकपुरधाम : जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले जनताको बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त गर्ने दिवा सपना नदेख्न चेतावनी दिएका छन्।

महोत्तरीको रौजामा आयोजित रौजा मजार सौन्दर्यीकरण योजनाको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान संघीय सरकारमा लोकतान्त्रिक गणतन्त्रको भावना विपरीत संघीयता विरोधी, स्वेच्छाचारी र सर्वसत्तावादी चरित्र हावी हुँदै गएको आरोप लगाए। सशस्त्र विद्रोह, जनआन्दोलन र मधेश विद्रोहबाट परास्त भइसकेका शक्तिहरुसँग मोर्चाबन्दी गर्दै नेकपा नेतृत्वको सरकारले संघीयतालाई समाप्त गर्ने षड्यन्त्र गरिरहेको उल्लेख गर्दै अध्यक्ष यादवले त्यस्ता दृढता गर्नेहरु आफै समाप्त हुने चेतावनी समेत दिए।

त्यस्ता शक्ति विरुद्ध परिवर्तन पक्षधर शक्तिहरुलाई एकजुट हुन आह्वान गर्दै अध्यक्ष यादवले जनतालाई समेत सचेत हुन आग्रह गरे।

अध्यक्ष यादवले भने, ‘यो २०१७ साल होइन, २०७७ हो। अहिले जनता सचेत र संगठित छन्, संघीयता र गणतन्त्र समाप्त गर्न चाहने शक्तिलाई जनताले समाप्त गरिदिने छन्।’

जनता समाजवादी पार्टी जनताको अधिकारको रक्षाको निमित्त सदैव संघर्षमा रहने उल्लेख गर्दै यादवले जनताको बलिदानीबाट प्राप्त लोकतन्त्रलाई जसपाले कुनै पनि हालतमा समाप्त हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell