PahiloPost

Jun 6, 2026 | २३ जेठ २०८३

जनकपुरधाम टी-२० टुर्नामेन्टको उपाधि सिरहा क्रिकेट एकेडेमीलाई



सुमित मिश्र

जनकपुरधाम टी-२० टुर्नामेन्टको उपाधि सिरहा क्रिकेट एकेडेमीलाई

जनकपुरधाम : जनकपुरधाम टी-२० टुर्नामेन्टको उपाधि सिरहा क्रिकेट एकेडेमीले जितेको छ। युथ ११ लाई मात्र ३ रनले पराजित गर्दै सिरहाले उपाधि कब्जा गरेको हो।

सिरहाले दिएको १ सय २७ रनको लक्ष्य पछ्याएको युथ ११ निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २३ रनमा समेटिएको थियो। युथ ११ का लागि बिपुल कृष्णले २७, सरोज आनन्दले २०, राजिव सिंहले १८ रन बनाउनु बाहेक अन्य ब्याट्समेनले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

सिरहालाई जिताउन रुपेश सिंह, मनोज यादव, विवेक यादव र दिलीप यादवले समान २/२ विकेट लिए।

पहिले ब्याटिङ गरेको सिरहाले विवेक यादवको ३५, भरत कार्कीको २२, रुपेश सिंहको १५ रनको सहयोगमा ९ विकेटको क्षतिमा १ सय २६ रनको स्कोर खडा गरेको थियो।

युथ ११ का लागि राजेश सिंह र विपुल कृष्णाले समान ३/३ विकेट लिएका थिए।

विजेता टिमलाई ५१ हजार नगद पुरस्कार समाजसेवी दीपेन्द्र ठाकुरले हस्तान्तर गरे। उपविजेता टिम युथ ११ लाई २५ हजार नगद पुरस्कार प्रदेश सभा सदस्य रामसरोज यादवले हस्तान्तर गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell