PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कोरोनासम्बन्धी दोस्रो बालकथा लेखन कार्यशाला हुँदै



कोरोनासम्बन्धी दोस्रो बालकथा लेखन कार्यशाला हुँदै

काठमाडौं : कोभिड-१९ का कारण बाल मनोविज्ञानमा परेको असर र यसका भावी प्रभावबारे नेपाली बाल कथाकारहरु वेबिनारमार्फत पुन: कथा लेखनमा जुट्ने भएका छन्।

बाल वाङ्मय तथा अनुसन्धान केन्द्रको आयोजनामा मंसिर २७ र पुस ४ गते कथाकारहरु लेखनमा जुट्न लागेका हुन्। शनिवार भएको भर्चुअल संवादबाट स्रष्टाहरु थप कथा लेखनमा जुट्न लागेका हुन्। यसअघि केन्द्रले गत चैत २१ र २२ गते लकडाउनको समयमा पहिलोपटक कोरोनासम्बन्धी बालकथा लेखन कार्यशाला आयोजना गरेको थियो।

उक्त समयको कोरोनासम्बन्धी नेपाली परिवेश र हालको परिवेश फेरिएकोले थप बाल कथा लेख्नुपर्ने आवश्यकता स्रष्टाहरुले गरेका हुन्। यसै विषयमा शनिवार ११ स्रष्टा छलफलमा जुटे। छलफलको निचोड अनुसार नै दुई दिने कार्यशाला आयोजना गर्न केन्द्र तयार भएको अध्यक्ष प्रमोद प्रधानले जानकारी दिए।

कार्यक्रमको उद्देश्यमाथि केन्द्रका उपाध्यक्ष विजयराज आचार्यले प्रकाश पारेका थिए। कार्यक्रममा संस्थाकी सचिव मञ्जु ज्ञवाली, कोषाध्यक्ष शान्ति सापकोटा, सदस्य गंगा कसजु तथा साहित्यकारहरु क्यानडाबाट सुरेन उप्रेती, नेपालगन्जबाट ललिता शर्मा, केशरी आम्गाई, यमुना पराजुली अधिकारी, मोक्षदा आम्गाई, नेत्र तामाङलगायत सहभागी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell