PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

सूचना प्रविधिको अधिकतम प्रयोग गर्न कर्मचारीहरुलाई मुख्यमन्त्री राउतको निर्देशन



सुमित मिश्र

सूचना प्रविधिको अधिकतम प्रयोग गर्न कर्मचारीहरुलाई मुख्यमन्त्री राउतको निर्देशन

जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले सूचना प्रविधिको अधिकतम र उचित प्रयोग गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्।

प्रादेशिक सुशासन केन्द्र मुजेलियामा प्रदेश मातहतका कर्मचारीहरुको लागि आयोजित सूचना सञ्चार प्रविधिसम्बन्धी क्षमता अभिवृद्धि तालिमको समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सो निर्देशन दिएका हुन्।

आजको युग सूचना प्रवृद्धिको युगको रहेको उल्लेख गर्दै उनले अबको समृद्धि र विकासका लागि सूचना प्रविधिको अधिकतम प्रयोग आवश्यक रहेको जिकिर गरे। कर्मचारीहरुको लागि अनुसाशन आवश्यक रहेको भन्दै उनले कर्मचारी तन्त्रमा अनुशासन कायम नभए सम्म विकास र समृद्धिको परिकल्पना समेत गर्न नसकिने उल्लेख गरे।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यम प्रसाद भुसालको अध्यक्षतामा भएको समापन समारोहमा प्रमुख सचिव अर्जुन प्रसाद पोखरेलले प्रदेशका कर्मचारीहरुलाई सूचना प्रविधिको क्षेत्रमा अब्बल बनाउने उद्देश्यका साथ तालिम आयोजना गरिएको र यसले भविष्यमा समेत निरन्तरता पाउने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell