PahiloPost

Jul 17, 2026 | १ साउन २०८३

नेपालकै स्याटलाइट राख्ने पुरानो प्रक्रिया दूरसञ्चार प्राधिकरणद्वारा खारेज



नेपालकै स्याटलाइट राख्ने पुरानो प्रक्रिया दूरसञ्चार प्राधिकरणद्वारा खारेज
Photo : Forbes

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले नेपालकै स्याटेलाइट राख्ने प्रक्रिया खारेज गरेको छ। चार वर्ष अर्थात् २०७३ सालदेखि शुरु भएको प्रक्रिया खारेज भएको प्राधिकरणले जनाएको छ।

शुरुआती चरणमा स्याटलाइट राख्न आह्वान गरिएको अन्तर्राष्ट्रिय आशयपत्रमा सबै जिम्मा एकै कम्पनीलाई दिने तयारी भएको थियो। तर, पछिल्लो समय सरकारले स्याटलाइटसम्बन्धी नीति नै बनाएपछि उक्त प्रक्रिया खारेज गर्नुपरेको हो।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले नयाँ ल्याइएको भूउपग्रह सम्बन्धी नीतिअनुरुप नयाँ योजना तय गर्न पुरानो खरिद प्रक्रिया रद्द गरिएको बताउँछन्। पुरानो आशयपत्रमा सबै प्रक्रियालाई एकै ठाउँमा राखिएको थियो तर नयाँ नीतिमा स्याटलाइट स्थापनाका लागि आवश्यक कानून, सञ्चालन मोडालिटीलगायतका काम छट्टछुट्टै गर्नुपर्ने उल्लेख गरिएको छ। उनका अनुसार उक्त काम गर्न अन्तर्राष्ट्रिय परामर्शदाता आह्वानको तयारी भएको छ। सन् २०२२ भित्र आफ्नै स्याटलाइट सञ्चालमा ल्याउने भन्दै गत असारमा भू–उपग्रह सम्बन्धी नीति सार्वजनिक गरिएको थियो।

नेपालको आफ्नै स्याटेलाइट राख्ने गरी प्राधिकरणले २०७३ साल असोज २० गते आह्वान गरेको आशयपत्रमा १२ देशका २२ कम्पनीले स्याटलाइट राख्न रुचि देखाएका थिए ।  रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell