PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

गुगलका एप्लिकेसनहरु ‘सर्भिस आउटेज’का कारण केहीबेर अवरुद्ध



गुगलका एप्लिकेसनहरु ‘सर्भिस आउटेज’का कारण केहीबेर अवरुद्ध
Photo: BBC

गुगलका एप्लिकेसनहरुमा ‘सर्भिस आउटेज’को समस्या देखिएको छ। युट्युब, जीमेल, डक्सलगायतका एप्लिकेसनहरुमा ‘सर्भिस आउटेज’को समस्या देखिएपछि केही बेर अवरुद्ध भएको हो। बन्द भएका एप्लिकेसनहरु हाल पुनः सञ्चालनमा आइसकेको गुगलले जनाएको छ।

सो ‘सर्भिस आउटेज’का कारण गुगलका साइटहरुमा भिजिट गर्दा सर्भर इररको सन्देश देखिएको थियो। संसारभरका युजरहरुले जिमेल, गुगल ड्राइभ, एन्ड्रोइड प्लेस्टोर, म्याप्स लगायतमा समस्या देखिएको रिपोर्ट गरेका थिए।

धेरै व्यक्ति तथा संस्थाहरु गुगलको इमेल तथा क्यालेन्डर सर्भिसहरुमा निर्भर छन्। गुगलका सबै सर्भिसमा समस्या देखिएपनि यसको सर्भिस ड्यासबोर्डमा भने इरर देखिएको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell