PahiloPost

Jun 7, 2025 | २५ जेठ २०८२

चिनी उद्योगीहरुले उद्योग मन्त्रीलाई भने, 'माइतीघरमा आन्दोलन गर्ने किसान होइनन्'



चिनी उद्योगीहरुले उद्योग मन्त्रीलाई भने, 'माइतीघरमा आन्दोलन गर्ने किसान होइनन्'

काठमाडौं : चिनी उद्योगीहरुले माइतीघरमा आन्दोलन गरिरहेका उखु किसान वास्तविक किसान नै नभएको आरोप लगाएका छन्।

सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा उद्योगीहरुले मन्त्री लेखराज भट्टलाई माइतीघर मण्डलामा आन्दोलन गर्न आउने व्यक्तिहरु उखु किसान नभएको बताएका हुन्।

छलफलपछि मन्त्रालयमा मन्त्री भट्टले उद्योगीहरुले आफूलाई आन्दोलन गर्न आउने व्यक्तिहरु उखु किसान नभएर विचौलिया भएको बताएको जानकारी दिए। विचौलियाहरुले वास्तविक किसानसँग सस्तोमा भौचर खरिद गरी आन्दोलन गर्न आएको उद्योगीहरुले बताएको मन्त्री भट्टले बताए।

 

उद्योगीहरुले सुरुमा किसानलाई भुक्तानी दिएर पछिमात्रै विचौलियाहरुलाई भुक्तानी गर्ने बताएको पनि उनले जानकारी दिए।

भने, ‘किसानको नाममा आउने, किसानलाई नै ठग्ने प्रकृतिका विचौलियाहरु पनि रहेछन भन्ने बारेमा उहाँहरुबाटै थाहा पाएँ। सय रुपैयाँको भौचर छ भने ५० रुपैयाँमा किन्ने र यहाँ आएर माइतीघर मण्डलामा बस्ने किसान संघर्ष समितिको नाममा व्यापार गर्ने गरेको, यो मेरो कुरो होइन कि, मिल  मालिकहरुले अघि मेरो अघि आरोप लगाए।’ मन्त्री भट्टले यस विषयमा मन्त्रालयले अध्ययन गरिरहेको भन्दै उपस्थित पत्रकारहरुलाई पनि अनुसन्धान गर्न आग्रह गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell