PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

शान्तिपूर्वक बाँच्न पाउने अधिकारको सूनिश्चितताको लागि रंगकर्मीहरुको सामूहिक अपिल



शान्तिपूर्वक बाँच्न पाउने अधिकारको सूनिश्चितताको लागि रंगकर्मीहरुको सामूहिक अपिल
Illustration: iStock/Lyubov Ivanova / ssir.org

काठमाडौं : राज्यका विभिन्न अंगहरुमा दलीयकरण बढेको र भ्रष्टाचार र कमिसनखोरी बढेकोले आम नागरिकका लागि न्यायमा पहुँच कठिन भएको भन्दै रंगकर्मीहरुको सार्वजनिक अपिल गरेका छन्।

‘नागरिकको बाँच्न पाउने र न्याय पाउने अधिकार रक्षा गर’ भन्दै रंगकर्मीहरुले अपिल जारी गरेका हुन्।

उनीहरुको केही समयअघि नेत्रविक्रम चन्द नेतृत्वको माओवादीद्वारा हत्या गरिएका शिक्षक राजेन्द्र श्रेष्ठ र त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमागि भएको आक्रमणको निन्दा गर्दै जघन्य अपराध नियन्त्रण गर्न र दोषालाई कारवाही गर्न सरकार उदासिन देखिएको आरोप समेत लगाएका छन्।

अहिलेको परिस्थितिले सरकारमात्रै नभएर स्वतन्त्र भूमिकामा रहनुपर्ने न्यायलयको भूमिकामा समेत प्रश्न खडा भएको विज्ञप्तीमा उल्लेख छ। शान्तिपूर्वक बाँच्न पाउने अधिकारको रक्षा गर्ने दायित्व सरकारको भएको भन्दै स्रष्टाहरुले यो अधिकार हनन् भएमा अदालतमार्फत नागरिकले उपचार पाउनुपर्ने माग गरेका छन्।

उनीहरुले शैक्षिक संस्थालाई त्रास र भयरहित वातावरणमा बौद्धिक र प्राज्ञिक काम गर्ने थलोका रुपमा विकास गर्न समेत आह्वाना गरेका छन्। यसका लागि शैक्षिक क्षेत्रभित्र दलीय संरक्षणमा हुने क्रियाकलाप बन्द हुनुपर्ने उनीहरुको माग छ।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell