PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि चरणबद्ध आन्दोलन गर्ने राप्रपाको घोषणा



हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि चरणबद्ध आन्दोलन गर्ने राप्रपाको घोषणा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दुराष्ट्र र राजसंस्था पुन: स्थापनाका लागि चरणबद्ध आन्दोलन गर्ने भएको छ। पार्टीको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले पुस १२ बाट पार्टी आन्दोनमा जाने निर्णय गरेको राप्रपा केन्द्रीय सचिवालयले जनाएको छ।

राप्रपा केन्द्रीय सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण, वेरोजगारी समस्या समाधानलगायतका विषयमा सरकारको असफलता एवं उदासिनताको विरुद्धमा तथा सनातन हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको निमित्त पहिलो चरणमा देहायको देशव्यापी जनप्रदर्शन र संघर्ष गर्नेछ।

पुस १२ गते ७७ जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार समक्ष ज्ञापनपत्र बुझाउने पुस १२ देखि २१ गतेसम्म जिल्ला सदरमुकाम र ठूला शहरहरुमा मोटरसाईकल र्‍याली गर्ने, पुस १५ देखि २५ भित्र जिल्ला सदरमुकाममा जनप्रदर्शन गर्ने र पुसको चौथो हप्तादेखि दोस्रो चरणका कार्यक्रम संचालन गर्ने राप्रपाले जनाएको छ।

पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको पार्टीको बैठकले मुलुकको समसामयिक राजनीतिक विषयहरुमासमेत छलफल भएको थियो। बैठकमा अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा.प्रकाशचन्द्र लोहनी समेतको उपस्थिति रहेको थियो।

बैठकले सक्रिय सदस्यता वितरण निर्देशिका, सांगठनिक तह निर्वाचन सम्बन्धी विनियमावली २०७७, निर्वाचन निर्देशिका तथा निर्वाचन कार्यतालिका संशोधन सहित पारित गरेको छ।
 

त्यसैगरी पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक पुस ६ र ७ गते काठमाडौंमा बस्ने निर्णयसमेत बैठकले गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell