PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

ओलीले बोलाएको छलफलमा भाग लिन प्रचण्ड बालुवाटारमा, देउवा गएनन्



ओलीले बोलाएको छलफलमा भाग लिन प्रचण्ड बालुवाटारमा, देउवा गएनन्

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको अनौपचारिक छलफलका लागि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन्।

ओलीले छलफलमा प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बोलाएका थिए। अध्यादेश फिर्ता नलिइ छलफल गर्न र आजै बोलाइएको संबैधानिक परिषदको बैठकमा देउवाले भाग नलिने अडान लिएका छन्।

आजै साढे ५ बजेका लागि ओलीले संबैधानिक परिषदको बैठक बोलाएका छन्। मंगलवार ल्याएको संवैधानिक परिषदको अध्यादेशको चर्को आलोचना भएपछि ओलीले २४ घण्टा नबित्दै बुधवार फिर्ता लिएका थिए।

संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै सांसदहरुको हस्ताक्षर लिएर नेकपाका सांसदहरु शितल निवास पुगेपछि ओली अध्यादेशबाट पछि हटेका थिए। अध्यादेश र संसद आह्वानका लागि गरिएको प्रस्ताव फिर्ता लिने बुधवारको स्थयी कमिटीले निर्णय गरेको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell