PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

प्रदेश प्रमुख परियारद्वारा ‘बन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणिकरण



सुमित मिश्र

प्रदेश प्रमुख परियारद्वारा ‘बन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणिकरण

जनकपुरधाम : प्रदेश नम्बर २ सरकारले प्रदेशसभाबाट पारित गराएको ‘बन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेश प्रमुख तिलक परियारले प्रमाणिकरण गरेका छन्। प्रदेश नम्बर २ को प्रदेशसभाबाट पारित भई आएको यस विधेयकलाई प्रदेश प्रमुख परियारले बिहीवार प्रमाणिकरण गरेका हुन्।

प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम विधेयक प्रमाणिकरण गरेका छन्। उनको कार्यकालमा प्रमाणिकरण गरिएको यो १४ औं विधेयक हो भने प्रदेशप्रमुखको कार्यालयबाट प्रमाणिकरण गरिएका विधेयकको संख्या हालसम्म ३६ पुगेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ।

प्रदेश २ का उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री रामनरेश रायले प्रदेशसभाको २०७७ असोज २७ गते बसेको चौथो अधिवेशनको ३४ औं बैठकमा प्रदेश २ को बन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस भन्ने प्रस्ताव पेश गरेका थिए।

प्रदेश सरकारले पारित गराएको विधेयक प्रदेश प्रमुखबाट प्रमाणिकरण भएपछि ऐनमा परिणत भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell