PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

काँग्रेस संसदीय दलको बैठक बस्दै



काँग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ। सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि काँग्रेसले अविलम्ब संसद अधिवेशन बोलाउन माग गरिसकेको छ।

सोही बमोजिम पार्टीका संसदहरुबीच थप छलफल र सरकारविरुद्ध प्रस्तुत कसरी हुने भन्ने विषयमा निर्णय गर्न काँग्रेसले बैठक डाकेको जनाएको छ। बैठक संघीय संसद भवनमा १०: ३० मा बस्ने उल्लेख गरिएको छ।

संवैधानिक आयोगहरुमा पदपूर्तिका लागि अप्ठेरो परेपछि सरकारले दोस्रोपटक मंसिर ३० मा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो। उक्त अध्यादेशमार्फत परिषद्को बैठकमा सभामुख र विपक्षी दलका नेताबिनै निर्णय गर्नेसक्ने व्यवस्था गरिएको थियो। उक्त कदमको सत्तारुढ दलभित्रै व्यापक विरोध भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने जनाइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell