PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

प्रचण्ड-नेपाल गुट भेलाको निष्कर्ष: पार्टी कमिटीबाटै निकास



प्रचण्ड-नेपाल गुट भेलाको निष्कर्ष: पार्टी कमिटीबाटै निकास

काठमाडौं: नेपाल कम्यनिस्ट पार्टी (नेकपा) को असन्तुष्ट समूहको भेलाले पार्टी कमिटीबाटै निकास निकाल्ने निष्कर्ष निकालेको छ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपाल समूह निकटका प्रदेश १ अन्तर्गत जिल्ला अध्यक्ष र सचिवहरुको भेलाले छलफलबाटै निकास निकाल्न सुझाव दिएको हो। पार्टीको समस्याबारे जानकारी दिन भन्दै प्रचण्ड-नेपाल समूहले पेरिसडाँडामा भेलाको आयोजना गरेको थियो। आफ्ना समुहका देशभरका नेता कार्यकर्ताको भेला गर्ने योजना अन्तर्गत आज प्रदेश १ को भेलाको आयोजना गरिएको थियो।

उक्त भेलालाई प्रचण्ड र नेपालले सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा प्रचण्डले पार्टी संकटमा रहेको र आफू संकट समाधानमा केन्द्रित भएको बताएका थिए। प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाले पार्टीको समस्याबारे सुझाव लिन भेला आयोजना गरिएको बताए।

उनले हालको संकट नेता कार्यकर्तालाई प्रचण्डले जानकारी दिएको बताए। 'खासै त्यस्तो ठुलो केही भेला होइन। अहिलेको समस्या जानकारी दिन गरिएको थियो। अध्यक्ष कमरेडले त्यही बिषयमा केन्द्रित भएर बोल्नु भो,' उनले भने।

बरिष्ठ नेता नेपालले भने प्रदेश १ का नेताहरुको सुझाव लिन भेला आयोजना गरेको बताएका थिए।

नेकपामा संकट चुलिदै गएपछि ओली र प्रचण्ड-नेपाल समुह आ-आफ्ना गुट भेला गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell