PahiloPost

May 16, 2026 | २ जेठ २०८३

विवाहपञ्चमी महोत्सव : आज मटकोर विधि सम्पन्न



सुमित मिश्र

विवाहपञ्चमी महोत्सव : आज मटकोर विधि सम्पन्न

जनकपुरधाम : सीता-राम विवाहपञ्चमी महोत्सव अन्तर्गत पाँचौ दिन शुक्रवार मटकोर विधि सम्पन्न भएको छ। शुक्रवार जनकपुरधामस्थित गंगासागर पोखरीमा मटकोर विधि सम्पन्न भएको हो।

कोरोना महामारीको बीच भइरहेको विवाह महोत्सवको पाँचौ दिन जानकी मन्दिरको प्राङ्गणबाट बाजागाजासहित विहेको वेदी बनाउन गंगासागर पोखरीमा माटो ल्याउन पुगेका थिए। मटकोर विधिको क्रममा लगिएको माटोबाट सीता-राम विवाहका लागि मडवा निर्माण गरिने छ।

पोखरीबाट जानकी मन्दिर भित्र्याइएको माटोले सीता-राम विवाहका लागि वेदी तयार गर्ने चलन रहेको छ।

सप्ताहव्यापी कार्यक्रम विवाह पञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलवारी लीला, तेस्रो दिन धनुष यज्ञ, चोथौ दिन तिलकोत्सव र आज पाँचौ दिन मटकोर विधि सम्पन्न भएको छ।

महोत्सवको छैठौँ दिन शनिवार स्वयम्वर एवं वैवाहिक कार्यक्रम र अन्तिम दिन आइतवार रामकलेवा विधिसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell