PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सर्वोच्च अदालत बारको निर्वाचनः नेकपा र कांग्रेस निकट कानुन व्यवसायी प्यानलै चुनावी मैदानमा, प्रतिस्पर्धामा ३१ उम्मेदवार



सर्वोच्च अदालत बारको निर्वाचनः नेकपा र कांग्रेस निकट कानुन व्यवसायी प्यानलै चुनावी मैदानमा, प्रतिस्पर्धामा ३१ उम्मेदवार

काठमाडौं : सर्वोच्च अदालत बार एशोसिएसनको नयाँ कार्यसमिति चयनका लागि आज निर्वाचन हुँदैछ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका कानुन व्यवसायी र विपक्षी दल कांग्रेस निकटका कानुन व्यवसायी अन्य दल आवद्ध कानुन व्यवसायसँगको समेत गठबन्धनमा प्यानलसहित चुनावी मैदानमा छन्।

कांग्रेस निकट कानुन व्यवसायीको संगठन डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए) ले वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको नेतृत्वमा प्यानल बनाएको छ। यस्तै, नेकपा निकट कानुन व्यवसायीको संगठन नेपाल लयर्स एशोसिएसन (एनएलए) ले वरिष्ठ अधिवक्ता रविनारायण खनालको नेतृत्वको प्यानललाई चुनावी मैदानमा उतारेको छ।

जेठमा हुनुपर्ने निर्वाचन कोभिडका कारण पुसमा हुन लागेको हो। ६०५ मतदाता रहेको सर्वोच्च बारमा तुलानात्मक रुपमा डिएलए बलियो मानिन्छ। मतदान सर्वोच्च परिसरमा बिहान ८ बजेदेखि ३ बजेसम्म हुनेछ।

सर्वोच्च बारको कार्यसमितिले नेपाल बारको केन्द्रीय कार्यकारिणी परिषद् सदस्य (पार्षद्) समेत चयन गर्ने भएकाले महत्वपूर्ण मानिन्छ। पार्षद्का लागि २१ जना चुनावी मैदानमा छन्।  

प्रगतिशील पेशागत कानुन व्यवसायीको समूहका तर्फबाट वरिष्ठ अधिवक्ता रविनारायण खनाल अध्यक्षका उम्मेदवार छन्। यस्तै, प्रगतिशील समूहबाट उपाध्यक्षमा मुकुन्दप्रसाद पौडेल, सचिवमा अञ्जिता खनाल, सहसचिवमा शोभा कार्की र कोषाध्यक्षमा श्यामकुमार खत्री प्रतिस्पर्धामा छन्।

यस्तै महिला सदस्यमा देवी रेग्मी प्रतिस्पर्धामा छिन्।

यस्तै, प्रगतिशील समूहका सदस्यहरुमा कृष्णप्रसाद न्यौपाने, अनन्त कार्की, अनन्तराज लुइँटेल, तिलकविक्रम पाण्डे, दीपनारायण शाह, रमेशराज शर्मा, छबिलाल घिमिरे, लेखनाथ भट्टराई र दिलकुमारी राई प्रतिस्पर्धामा छन्।

यस्तै लोकतान्त्रिक समूहबाट वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य अध्यक्षका उम्मेदवार छन्। उपाध्यक्षमा नमराज रिजाल प्रतिस्पर्धामा छन्। यस्तै, सचिवमा ऋषिरम घिमिरे, सहसचिवमा शर्मिला श्रेष्ठ र कोषाध्यक्षमा विनोदकुमार कार्की प्रतिस्पर्धामा छन्। महिला सदस्यमा अमिता गौतम प्रतिस्पर्धामा छिन्।

यस्तै, सदस्यहरुमा वियकुमार प्रधान, ज्योतिदेव पनेरु, ओमकृष्ण श्रेष्ठ, विकास भट्टराई, राजेन्द्रप्रसाद शाह, खडानन्द कँडेल, मिराज श्रेष्ठ, डा. रामहरि त्रिपाठी र निर्मला भण्डारी प्रतिस्पर्धामा छन्।

निर्वाचन समितिका अनुसार प्यानलबाहेक उपाध्यक्षमा नानीबाबु दाहालको उम्मेदवारी दर्ता छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell