PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रचण्ड भेट्न प्रधानमन्त्री ओली पुगे खुमलटार



प्रचण्ड भेट्न प्रधानमन्त्री ओली पुगे खुमलटार
फोटो : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनको निवास खुमालटार पुगेका छन्। नेपाल कम्युनिस्ट पार्टीको पछिल्लो विवादका कारण संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारीपछि ओली खुमलटार पुगेका हुन्।

ओलीको खुमलटार यात्रालाई अर्थपूर्ण रुपमा हेरिएको छ। पछिल्लोपटक ओली पार्टीभित्र संकटमा पर्दै आएका छन्। प्रचण्डले प्रधानमन्त्रीको कार्यशैली नफेरिएको भन्दै १९ बुँदे प्रस्ताव पेश गरेपछि दुई अध्यक्षबीचको तिक्तता थप बढेको थियो। प्रचण्डको प्रस्तावलाई सीधै खारेज गरेको बताएका ओलीले आफैले पनि प्रष्टीकरण भने दिइसकेको छ।

त्यसपछि संवैधानिक परिषद्को बैठक बसेर विभिन्न आयोगहरुको पदपूर्ति गर्ने तयारी गरेका ओलीको कदममा सभामुख अग्निप्रसाद सापकोटाले उपस्थिति जनाएनन्। सोही लगत्तै ओली अध्यादेशमार्फत अघि बढेका थिए। सभामुख र विपक्षी दलको नेताबिनै निर्णय गर्नसक्ने गरी आएको अध्यादेशको चौतर्फी विरोध भएपछि ओली सरकार ब्याक भएको छ। यद्यपि अध्यादेश फिर्ता भने भइसकेको छैन।

यसैगरी शुक्रवार प्रचण्ड माधव नेपाल पक्षले आफ्ना पक्षका जिल्ला अध्यक्ष र सचिवहरुलाई पेरिसडाडाँमा बोलाएर ओलीविरुद्ध आन्दोलन चर्काउन निर्देशन दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell