PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रचण्डसँग छलफलपछि मन्त्री क्वाटर पुगे प्रधानमन्त्री, गृहमन्त्रीसँग छलफल हुँदै



प्रचण्डसँग छलफलपछि मन्त्री क्वाटर पुगे प्रधानमन्त्री, गृहमन्त्रीसँग छलफल हुँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली मन्त्री क्वाटर पुल्चोक पुगेका छन्। नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा छलफलपछि ओली पुल्चोक पुगेका हुन्। खुमलटार बैठकमा दुई अध्यक्षबीच वार्ता चलिरहँदा पार्टी उपाध्यक्ष वामदेव गौतम नि पुगेका थिए।

ओली खुमलटारबाट बाहिरिएर मन्त्री क्वाटरमा रहेका गृहमन्त्री रामबहादुर थापासँग छलफलमा जुटेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यता, खुमलटारमा भने प्रचण्ड र वामदेवबीच छलफल जारी रहेको बताइएको छ।

नेकपा विवाद उत्कर्षमा रहँदा प्रधानमन्त्री ओली पार्टी नेता भेट्न बालुवाटार बाहिरि निस्किएका हुन्। ओली र प्रचण्डको भेटलाई महत्वका साथ हेरिएको छ। यस्तै, अन्य सचिवालय सदस्यसँगको छलफललाई पनि महत्वपूर्ण रहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell