PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

विवाह पञ्चमी : आज स्वयंवर र विवाह, जानकी मन्दिरमा श्रद्धालुकाे घुइँचो

विवाह पञ्चमी : आज स्वयंवर र विवाह, जानकी मन्दिरमा श्रद्धालुकाे घुइँचो

सुमित मिश्र/पहिलोपोस्ट


जनकपुरधाम : विवाहपञ्चमीको रौनकता अहिले जनकपुरधाम सहित पूरै मिथिलाञ्चलमा छ। जनकपुरधामस्थित जानकी मन्दिरमा विवाहपञ्चमीका लागि विशेष तयारी नै गरिएको छ। विवाहपञ्चमी महोत्सवको आज मुख्य दिन सीतारामको विवाह हुनेछ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज छैठौ दिन ऐतिहासिक रंगभूमी मैदानमा स्वयंवर विधि सम्पन्न हुनेछ। आजै राति वैदिक परम्परा अनुसार वैवाहिक कार्यक्रम सम्पन्न हुनेछ।

स्वयंवरका लागि राम मन्दिर तथा जानकी मन्दिरको डोला रंगभूमि मैदान १२ बिघा पुग्ने गर्छ। स्वयंवरपछि दुवै मन्दिरको डोला शोभा यात्रा गर्दै जानकी मन्दिर पुग्छ। जहाँ वैवाहिक कार्यक्रम हुने गर्छ। रातभरी चल्ने सो वैवाहिक कार्यक्रममा महिलाहरुले गीतनाद गाउने गर्छन्।

विवाहपञ्चमीको सातौं दिन भारतको अयोध्याबाट जन्तीको रुपमा आएका साधु सन्तहरूलाई भोजन गराउँदै विदाई गरिन्छ। जसलाई रामकलेवा भनिन्छ। राम कलेवामा बेहुला पक्षबाट आएकाहरूलाई गाली गलौज गर्ने समेत परम्परा छ। मन्दिरका पूजारीहरू तथा मिथिलाका नारीहरू गीतकै माध्यमले गाली गर्ने गर्छन्। जसले अदभूत वातावरणको निर्माण गर्छ।

यस वर्ष अयोध्या निमन्त्रण नपठाइएकोले राम मन्दिरकै पुजारी तथा साधु सन्तहरुलाई सहभागी गराएर यो विधि सम्पन्न गर्ने योजना रहेको जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले बताए।



ट्रेन्डिङ पोस्ट

Ncell